काठमाडौं– इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ।शनिबार राति सम्पन्न खेलमा लाजियोले इन्टरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
लाजियोले सुरुवाती अग्रता उल्ट्याएर जित निकालेको हो। खेलको १२ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ६४ औं मिनेटमा सिरो इम्मोबाइलले पेनाल्टीमार्फत गोल गर्दै लाजियोलाई १–१ गोलको बराबरीमा ल्याए।खेलको ८१ औं मिनेटमा फिलिपे एण्डरसनले गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा मिलिनकोभिच साभिकले गोल गर्दै लाजियोलाई ३–१ को जित दिलाए। इन्जुरी समयमा फिलिपे रामोसले रातो कार्ड पाएपछि लाजियो १० खेलाडीमा समेटिएको थियो।
यस जितसँगै ८ खेलबाट १४ अंक जोडेकोे लाजियो पाँचौं स्थानमा छ। पराजित इन्टर १७ अंकका साथ जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।