काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्डले मैन्जलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले मैन्जलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
डर्टमण्डको जितमा अर्लिङ हालान्डले दुई तथा मार्को रिउसले एक गोल गरे। मैन्जका जोनाथन बुर्कार्डले एक गोल फर्काए।
जितसँगै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ।
डर्टमण्डले ८ खेलबाट १८ अंक जोडेको छ। पराजि मैन्ज १० अंकका साथ ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।