काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै ८ खेलबाट १९ अंक जोडेको चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ। पराजित ब्रेन्टफोर्ड १२ अंकका साथ सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।