काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ। गएराति सम्पन्न खेलमा सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो।
सिटीले खेलको १२औं मिनेटमा नै अग्रता बनाएको थियो। बर्नान्डो सिल्भाको गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको हो।
अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ७०औं मिनेटमा केभिन डि ब्रुयनाले गोल गर्दै सिटीलाई जित दिलाए।
जितसँगै सिटी लिगको तेस्रो स्थानमा रहेको छ। आठ खेल खेलेको सिटीको १७ अंक रहेको छ। शीर्ष स्थानमा रहेको चेल्सीको १९ तथा दोस्रोमा रहेको लिभरपुलको १८ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।