काठमाडौं- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाल भारतसँग दुई गोलले पछाडि परेको छ।
दोस्रो हाफ सुरु हुनासाथ नेपालले दुई गोल खाएको हो। ४८औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै भारतले अर्को गोल गर्दै २-० को अग्रता बनाएको छ।
मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।
भारतले सुरुमै गरेको प्रहारलाई नेपालका गोलरक्षक एवं कप्ता किरणकुमार लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए। त्यसपछि पनि भारतले पाएको केही अवसरलाई गोलमा परिणत गर्न सकेन।
त्यस्तै नेपालले पनि केही राम्रा अवसरहरु सिर्जना गरेको थियो। तर, गोल परिणत गर्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।