काठमाडौं- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलको पहिलो हाफमा नेपाल र भारतले बराबरी खेलेको छ।
मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलमा दुवै टिमले गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा टुंगिएको हो।
भारतले सुरुमै गरेको प्रहारलाई नेपालका गोलरक्षक एवं कप्ता किरणकुमार लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए। त्यसपछि पनि भारतले पाएको केही अवसरलाई गोलमा परिणत गर्न सकेन।
त्यस्तै नेपालले पनि केही राम्रा अवसरहरु सिर्जना गरेको थियो। तर, गोल परिणत गर्न सकेन।
साफमा पहिलोपटक फाइनल खेलिरहेको नेपालले सात पटकको च्याम्पियन भारतलाई कडा चुनौती दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।