• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाली फुटबलको इतिहास रच्न अल्मुताइरी एक कदम टाढा

64x64
दीप सुवेदी शुक्रबार, असोज २९, २०७८  १८:५८
1140x725

काठमाडौं- १३औं साफ सुरू हुनै लाग्दा कुवेतका ‘प्रो-लाइसेन्स’ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भनेका थिए, ‘सकेसम्म उपाधि नै जित्ने, नभए कम्तीमा फाइनल भए पनि पुग्ने मेरो लक्ष्य छ।’

उनको यो वाचा पूरा भएको छ। नेपाल साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा पहिलोपटक फाइनल पुगेको छ। उपाधिका लागि शनिबार राति चिरप्रतिद्वन्द्वी भारतसँग आमनेसामने हुँदै छ। 

प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपाली खेलाडीहरूले यसपटक साफको पहिलो खेलबाटै रवाफ देखाए। नेपालले आयोजक माल्दिभ्सलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्‍यो। ८६औं मिनेटमा मनिष डाँगीले गरेको एक मात्रै गोल जितका लागि पर्याप्त भयो। साफमा सहभागी अन्य चार टिमलाई यो जितको सन्देश थियो- नेपाली टोली पनि जुनसुकै परिस्थितिमा खेल आफ्नो पक्षमा पार्न सक्छ।

उक्त खेलमा आक्रमण बुन्ने मामलामा खेलाडी खरो उत्रिए। विशेषगरी अग्रपंक्तिबाट खेलिरहेका मनिष डाँगी, अञ्जन विष्ट र आयुष घलानका साथै मिडफिल्डर तेज तामाङको फिनिसिङ र कप्तान किरण चेम्जोङले मैदानमा देखाएको आत्मविश्वास तारिफयोग्य थियो। 

तीन वर्षअघि यहाँको प्रतिष्ठित क्लब टीसी स्पोर्ट्सको १ नम्बर गोलकिपरको उपाधि जितेका कारण पनि किरण पहिलो खेलमा निर्धक्क देखिए। माल्दिभ्सका अनुभवी स्ट्राइकर अली असफाकलगायतको हरेक प्रहारलाई उनले सजिलै बचाए। 

सन् २०१८ मा माल्दिभ्सको लिग च्याम्पियन क्लब टीसी स्पोर्ट्समा आबद्ध भएपछि माल्दिभ्सका खेलाडीसँग किरण परिचित थिए। उनी त्यति बेलैदेखि विपक्षी खेलाडीलाई छेकेर खेल्ने तथा बल ‘स्वीच’ गर्न माहिर असफाकको खेलबाट परिचित भएका थिए। त्यो अनुभव उनको लागि पहिलो खेलमा असफाकलाई रोक्न सहयोगी साबित भयो।

यता, अल्मुताइरीले पहिलो खेलमा ८०औं मिनेटपछि मैदानमा उतारेका मनिषको फिनिसिङ तारिफयोग्य रह्यो। पछिल्लो केही समयदेखि मनिषलाई आफ्नो प्रमुख हतियारको रूपमा प्रयोग गर्दै आएका अल्मुताइरीको विश्वासप्रति उनी खरो निस्किए।

पहिलो जितले नेपाली टोलीमा गज्जबको उत्साह देखियो। मालेमा भेला भएका करिब एक हजार नेपाली समर्थकहरू हौसिए।

Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय फुटबलमा करिब डेढ वर्षपछि नेपालले धमाधम गोल गर्न थालेको हो। त्यसबाट हौसिएका नेपाली समर्थकमा मालेमा देखिएको खुसी बिरलै हेर्न पाइन्छ। नेपाली दर्शकको खुसी त्यसका लागि जिम्मेवार थिए, अल्मुताइरी। जसले खराब लयबाट गुज्रिरहेको नेपाली टिमको जिम्मेवारी लिएका थिए। 

अल्मुताइरी प्रशिक्षक बनेपछि नेपालले केही बलिया टिमसँग मैत्रीपूर्ण खेल खेल्यो। नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो पाँच खेलमा जित हात पार्न सकेको थिएन। ती खेलमा चार हार र एक बराबरीको नतिजा निकालेको थियो। अल्मुताइरीकै प्रशिक्षणमा कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपाली टोली ओमानसँग ७-२ गोलले पराजित भएको थियो।

सेप्टेम्बरको पहिलो साता भारतसँग घरेलु मैदानमा भएको दुईवटा मैत्रीपूर्ण खेलमा पनि नेपालले निराशाजनक प्रदर्शन गरेको थियो। पहिलो खेलमा १-१ गोलको बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा फिनिसिङमा चुक्दा २-१ गोलको हार बेहोर्न बाध्य भयो। 

यस्तै, जुलाईमा इराकसँग भएको मैत्रीपूर्ण खेलमा ६-२ गोलको हार बेहोरेको थियो। कुवेतमा भएको विश्वकपको एसियाली छनोट खेलमा अस्ट्रेलिया र जोर्डनसँग समान ३-० गोलको हारको सामना गरेको थियो। त्यसअघिको खेलमा भने नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको थियो। 

सुरुआती खेलहरूमा अपेक्षाकृत नतिजा आउन नसकेपछि प्रशिक्षक अल्मुताइरीप्रति नेपाली खेलप्रेमीको विश्वास घट्यो। विगतमा उनैले छानेका युवा खेलाडीले फराकिलो हार बेहोर्दै जाँदा कतै प्रशिक्षक अल्मुताइरीको टोलीले सन्तुलन गुमाउँदै गएको हो कि भन्ने टिप्पणी सुरु भइसकेको थियो। 

तर, अल्मुताइरी एकरति निराश भएनन्। बरू खेलाडीहरूलाई सम्झाए। र, गल्तीबाटै सिक्ने सन्देश दिए, ‘उमेर मात्र अंक हो। कुवेत र सिरियामा पनि युवा खेलाडीले खेलेका छन्। तर, आफूभन्दा बलियो टोलीसँग खेल्दा निकै अनुभव बटुल्न सकिन्छ।’

हो, फुटबलमा सिक्ने समय हुन्छ। तर, यस्तो सुुविधाको आयु निश्चित हुन्छ। कुवेतमा ओमानविरुद्ध ७-२ ले  हारेपछि अल्मुताइरीको भनाइ यही थियो। ‘साफ जित्ने हाम्रो लक्ष्य हो। अबको खेलमा गल्ती गर्ने छुट छैन। कुनै पनि खेलमा गल्ती गर्नु हुँदैन। तिमीहरूले जितका लागि खेल्नुपर्छ। यसबाहेक अर्को उपाय छैन,’ खेलाडीहरूलाई उनको सन्देश थियो। 

सुन्दर फुटबल खेलाउने चाहना नराख्ने प्रशिक्षक सायदै हुन्छन्। यस मामलामा अल्मुताइरी पनि फरक छैनन्। उनको प्राथमिकता भने ठूला टिमविरुद्ध खेल्दाको अनुभव नै जितसरह थियो। उनको यही शैलीका कारण नेपालले साफमा श्रीलंकालाई ३-२ र बंगलादेशलाई १-१ मा रोक्दै फाइनलमा स्थान बनायो। 

यो नेपाली फुटबलमा नयाँ कीर्तिमान हो। यसअघि साफ च्याम्पियनसिप खेलाउने नेपाली टोलीका ११ प्रशिक्षकले नेपाललाई फाइनलसम्मको यात्रा गराउन सकेका थिएनन्।

यसअघिका १२ संस्करणमध्ये एक मात्र प्रशिक्षक महेश्वर मुल्मीले दुई संस्करण टोलीको कमान सम्हाले। बाँकी सबैले एक पटक टोलीको नेतृत्वको अवसर पाएका थिए। मुल्मीसहित धनबहादुर बस्नेत, कृष्ण थापा र बालगोपाल महर्जन साफमा टोली सम्हाल्न पाउने नेपाली प्रशिक्षक हुन्। अन्य आठ संस्करणमा विदेशी प्रशिक्षकले नेपाली टोलीलाई प्रशिक्षण दिए।

यसअघि नेपाल पाँच पटक सेमिफाइनल पुग्दा नेपाली प्रशिक्षकको नेतृत्वमा दुई र विदेशी प्रशिक्षकको नेतृत्वमा तीन पटक नेपालले यो यात्रा तय गरेको थियो। 

सेमिफाइनल पुर्‍याउने दुई नेपालीमा मुल्मी र महर्जन थिए। मुल्मीको प्रशिक्षणमा १९९५ र महर्जनको प्रशिक्षणमा २०१८ मा नेपाली टोलीले अन्तिम चारको यात्रा तय गर्‍यो। १९९७ मा बस्नेत र २००९ मा थापाले नेतृत्व गर्दा टोली समूह चरणबाटै बाहिरिएको थियो।

यता, विदेशी प्रशिक्षक ट्रोस्टेन स्पिटलर, ग्राहम रोबर्टस र ज्याक स्टेफानोस्कीको नेतृत्वमा नेपालले सेमिफाइनल खेलेको थियो। स्पिटलरले १९९९ मा, रोबर्टसले २०११ र स्टेफानोस्कीले २०१३ मा नेतृत्व सम्हाल्दा नेपाली टोलीले अन्तिम चारको यात्रा तय गरेको थियो। अन्य चार विदेशी प्रशिक्षकले भने नेपाली टोलीलाई समूह चरण पार गराउन सकेनन्।

यसअघिको यो कीर्तिमान भंग गर्न अल्मुताइरी भने दंग देखिँदैनन्। ‘अहिल्यै उपाधि जितिसकेका छैनौं। सबै संयमित हुन जरुरी छ। नेपालमा रहेका सबै खेलप्रेमीलाई पनि शान्त रहन आग्रह गर्दछु,’ उनले भनेका छन्। 

गत चैतमा नेपाली टोली सम्हालेयता नै उनले आफ्नो पहिलो प्राथमिकता टोलीलाई साफ च्याम्पियन बनाउने भन्ने थियो। उनी त्यसबाट अब एक कदम मात्र टाढा छन्। टोली सम्हालेको केही महिनापछि विवादमा परेका उनले टोली फाइनल पुगेलगत्तै पदत्यागको घोषणा गरिसकेका छन्।

‘मैले नेपालमा पहिलो पत्रकार सम्मेलनमा नै तीनवटा प्रतिबद्धता व्यक्त गरेको थिएँ। म नेपाली फुटबलमा नयाँ इतिहास बनाउनेछु। म नेपाललाई एसिया कपको तेस्रो राउण्डसम्म पुर्‍याउनेछु। र, म नयाँ टिम बनाउनेछु, जसले सबै नेपालीलाई गौरवान्वित तुल्याउनेछ। त्यो लक्ष्य पूरा भएको छ,’ उनले भनेका छन्।

उनले गरेका दुई वाचा पूरा भएका छन् भने एक साफ प्रतियोगिताको उपाधि दिलाएर नेपाली फुटबलमा नयाँ इतिहास बनाउने कुरा भने एक कदम बाँकी छ। 

उपाधि जितेको अवस्थामा उनको नाम नेपाली फुटबलले लामो समयसम्म स्मरण गर्नेछ। यस्तै, नेपाली टोलीलाई उपाधि दिलाउने उनी पहिलो प्रशिक्षक बन्ने छन्।

तर, फाइनलमा स्थान बनाएको नेपाली टोलीका लागि उपाधि जित्न चिरप्रतिद्वन्द्वी भारतलाई हराउनु पर्नेछ। लिग चरणको आफ्नो तेस्रो खेलमा अल्मुताइरी निकै नै रक्षात्मक बन्दा भारतले 'गर या मर'को स्थितिमा नेपाललाई १-० गोलअन्तरले पराजित गरेको थियो।

नेपालसँग पराजित भएको खण्डमा या बराबरीमा सात पटकको साफ विजेता भारतको यात्रा त्यहीँ सकिन्थ्यो। फाइनलमा आयोजक माल्दिभ्स हुनसक्थ्यो। नेपाली टोलीलाई निकै नै कमजोर महसुस गरेका अल्मुताइरीले भारत यहाँबाट अघि बढेको खण्डमा नेपालीको उपाधि यात्रामा पूर्णविराम लाग्ने आकलन गरिसकेका थिए। त्यसैले पनि भारतको यात्रा त्यहीँ सकाउन चाहन्थे। तर, भारतले आयोजक माल्दिभ्सलाई ३-१ ले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो।  

अल्मुताइरीले यसपटक गत भदौमा घरेलु मैदान दशरथ रंगाशालमा र जारी साफमा भारतले नेपाललाई हराएको कुरा बिर्सने छैनन्। यता, नेपाली दर्शकले पनि प्रशिक्षक अल्मुताइरीले ल्याएको परिवर्तन र भारतले पछिल्लो २२ खेलमध्ये १५ मा हराएको कुरालाई बिर्सने छैनन्। 

अल्मुताइरीले भनिसकेका छन्, ‘साफ च्याम्पियनसिपको फाइनल खेल मेरो लागि नेपाली राष्ट्रिय फुटबल टोलीका लागि अन्तिम खेल हुनेछ। म खेलपछि फेरि नेपाल फर्केर जाने छैन।’

फाइनलमा अल्मुताइरी यसअघि तीन खेलमा गरेको जस्तो गल्ती दोहर्‍याउन चाहँदैनन्। उनले रक्षात्मकभन्दा अट्याकिङ खेललाई नै बढी जोड दिने छन्, किनभने अल्मुताइरी शैलीमात्र नभइ नेपाली फुटबलको तथ्य नै बदल्ने योजनामा छन्।

उनको टोलीले अहिले आक्रामक खेल्न थालेको छ। यसका अलवा नेपालको रक्षापंक्ति स्वाभाविक रूपमा बलियो छ। अनन्त तामाङ उत्कृष्ट लयमा देखिन्छन्। सुमन अर्याल र दिनेश राजवंशीको खेल पनि हेर्नलायक छ। मिडफिल्ड पनि प्रभावकारी देखिएको छ। 

विशाल राई र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा नेपालको मिडफिल्डले साँच्चै लोभलाग्दो खेल देखाइरहेको छ।

विशाल र रोहितले मैदानको बीच भागबाट खेलमा नियन्त्रण राख्ने प्रयास गर्दा  तेजको जिम्मेवारी भने अग्रपंक्तिलाई सघाउने हो। यता, पुजन नगरकोटी भने घाइते हुँदा अल्मुताइरीलाई केही असहज हुने देखिएको छ।

नेपालले भारतसँगको खेलबाहेक अन्य खेलमा विपक्षीविरुद्ध अत्यधिक 'बल पोसेसन' राखेको छ। नेपाल मालेस्थित राष्ट्रिय रंगशालामा भारतसँगको फाइनल खेलमा यो कमजोरीलाई सुधार गर्न चाहन्छ। पहिलो खेलमा अत्यधिक रक्षात्मक खेल्दा हारेको कारण नेपाल बल पोसेसन राख्ने र भारतीय मिडफिल्ड तथा रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्ने ध्याउन्नमा हुनेछ। 

कप्तान किरणका लागि राष्ट्रिय रंगशाला नौलो मैदान होइन। यही मैदानमा उनले त्यहाँको लिग खेलिसकेका छन्। उपाधि भिडन्तमा उनलाई नेपाली दर्शकसँगै माल्दिभ्सका दर्शकको साथ पनि उत्तिकै मिल्ने आकलन गरिएको छ। 

यसका साथै उनले आई लिगमा केही भारतीय खेलाडीहरुसँग खेलेको खेलबाट लाभ लिने छन्। त्यसैले अल्मुताइरी भारतविरुद्धको खेलमा फरक वातावरण निर्माण गर्ने ध्याउन्नमा हुनेछन्। जसका लागि अल्मुताइरीले खेलाडीलाई आफ्नो राजीनामाको कुरा भुलाएर टिमलाई मानसिक रूपमा तयार राख्नुपर्ने हुन्छ। फाइनल जितेर नेपाली फुटबलप्रेमीलाई गौरावान्वित बनाउँछु भन्ने अल्मुताइरीको वाचा पनि त छँदै छ।

प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन शनिबार, माघ ३, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्