काठमाडौं- साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले बराबरी गोल फर्काएको छ।
पहिलो हाफमा १-० ले पछाडि परेको नेपालले देल सकिन २ मिनेट बाँकी छँदा पेनाल्टीमार्फत गोल फर्काएको हो।
८८औं मिनेटमा नेपालले पाएको पेनाल्टीलाई अञ्जन विष्टले गोलमा परिणत गरेका हुन्।
माल्दिभ्समा जारी खेलमा बंगलादेशले नवौं मिनेटमा सुमन रेजाको गोलमार्फत् अग्रता लिएको थियो।
बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।