काठमाडौं- साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग अन्तिम लिग खेल खेल्दैछ। बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ।
दिउँसो ४:४५ बजे सुरु हुने खेलका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन्।
बंगलादेशविरुद्धको खेलका लागि तीन खेलाडी परिवर्तन गरिएको छ। भारतविरुद्ध सुरुआती-११ मा रहेका मनिष डाँगी, सुमन अर्याल, सुमन लामा टिममा छैनन्। अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठले सुरुआती-११ मा स्थान बनाएका छन्।
नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन। तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ।
नेपाली टिम
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, रोहित चन्द
मिडफिल्डर - पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ
फरवार्ड - अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।