काठमाडौं– कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ। मंगलबार साइतामा रंगशालामा भएको खेलमा जापानले अष्ट्रेलियालाई २–१ गोलअन्तरलेपराजित गरेको हो।
घरेलु टोलीले खेलको आठौं मिनेटमै अग्रता लिएको थियो। खेलको सुरुवातमै आओ तानकाको गोलमा जापालने अग्रता लिएको थियो। दोस्रो हाफको ७० औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्कायो। एज्दिन हर्स्तितचले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि खेलको अन्तिमतिर गनेल गर्दै जापान विजयी बनेको हो। असानोको प्रहार पोस्टमा लागेर फर्केपछि अष्ट्रेलियाका अजिज बेहिचलाई लाग्दै आत्मघाती गोल भएको थियो।
यस जितसँगै जापानको छनोट हुने सम्भावना बढेएको छ। ४ खेल खेलेको जापानको २ जित र २ हारसँगै मात्र ६ अंक छ । पहिलो खेलमा ओमानसँग १–० ले स्तब्ध जापानले दोस्रो खेलमा चीनलाई १–० ले हराएको थियो। गत साता साउदी अरेबियासँग १–० ले पराजित भएपछि जापान समस्यामा परेको थियो।
समूह बीमा रहेको अष्ट्रेलिया ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ। साउदी अरेबियाको ३ खेलमा ९ अंक छ । जापान ६ अंकसहित तेस्रो स्थानमा छ। ३ खेलमा ३ अंक जोडेका ओमान र चीनले जापानलाई पछ्याइरहेका छन्।
लिग चरणको समाप्तिपछि समूहको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यस्तै तेस्रो स्थानमा रहने टोलीले भने अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नेछ । उक्त प्लेअफ जित्ने टोलीले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटका लागि अन्तर महादेशीय प्लेअफ खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।