एजेन्सी – नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित हात पारेको छ।
घरेलु मैदानमा गएराति सम्पन्न खेलमा फरवार्ड मेम्फिस डिपाएले दुई गोलसँगै दुई असिस्ट दिएपछि नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित निकालेको हो।
नेदरल्यान्ड्सको जितमा डिपाएले दुई गोल गर्दा भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक÷एक गोल गरे। खेलमा डच टोलीले पहिलो र दोस्रो हाफमा समान तीन÷तीन गोल गरेको थियो।
स्टेडियम फेइजेनोर्ड रोटरडाममा भएको खेलको नवौं मिनेटमा भर्जिल भान डाइकको गोलबाट डच टोलीले अग्रता लिएको थियो। उनले मेम्फिस डिपाएको पासमा गोल गरेका थिए। खेलको १९औं मिनेटमा डिपाएले पेनाल्टी चुकाएका थिए।
पेनाल्टी चुकाएपनि २१औं मिनेटमा डिपाएले डाभी क्लासेनको पासमा गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयमा डिपाएले गोल गर्दा पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनायो।
खेलको ४८औं मिनेटम डेन्जेल डेम्फ्रेजले गोल गर्दै नेदरल्यान्ड्सलाई फराकिलो जिततर्फ अग्रसर गराए। उनले नोआ लाङको पासलाई सदुपयोग गरेका थिए। ७५औं मिनेटमा वैकल्पिक खेलाडी अर्नाउट डानजुमाले अर्काे सब्सिच्युट वोआउट वेगह्रस्टको पासमा गोल गर्दै डच टोलीलाई ५–० को स्थितिमा पुर्याए।
खेलको ८६औं मिनेटमा अर्काे सब्सिच्युट डोनीयल मालेनले गोलसँगै डच टोलीले ६–० को फराकिलो जित हात पार्यो।
जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित जिब्राल्टार अंकविहीन हँुदै पुछारमा छ।
यही समूहको अर्काे खेलमा टर्कीले लात्भियालाई २–१ ले तथा नर्वेले मोन्टेनग्रोलाई २–० ले पराजित गरे। नतिजापछि नर्वे १७ अंक जोडेर दोस्रो तथा १५ अंकसहित टर्की तेस्रो स्थानमा छ। मोन्टेनेग्रो ११ अंक जोडेर चौथो स्थानमा रहँदा लात्भिया ५ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।