काठमाडौं- भाइबरले कोकाकोलासँगको सहकार्यमा ‘कस्टम दशैं कोकलेन्स’ ल्याएको छ।
नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरङ्ग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कस्टम दशैं लेन्स ल्याइएको हो।
कोकाकोला दशैं लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो भएको भाइबरले दाबी गरेको छ।
‘कोकाकोला दशैं लेन्सले भाइबरका अन्य लेन्सहरूजस्तै एआर-इनाबल्ड भिडियो मेसेजिङ एण्ड फोटोज’ सेवा प्रदान गर्दछ। राकुटेन भाइबर र कोकाकोलाबीचको यो महत्वाकांक्षी सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि आउँदा दिनहरूमा रोमाञ्चक फिचरहरू पस्कने लक्ष्य राखेको छ। कस्टम दशैं लेन्सको प्रस्तुति उनीहरूको व्यावसायिक सहयात्राको पहिलो खुड्किलो हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोकाकोला नेपाल र भुटानका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले दशैंमा पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्सहरू प्रस्तुत गर्न भाइबरसँग हातेमालो गरिएको बताए।
‘हाम्रो पेय पदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग र ताजगी ल्याउने छन्। आफ्ना प्रियजनहरूप्रति कृतज्ञता व्यक्त गर्नुहोस् र कोकाकोलाको बोतल र भाइबर लेन्सको माध्यमबाट उहाँहरूलाई धन्यवाद दिनुहोस्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।