काठमाडौं- १३औं साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले भारतविरुद्ध खेलिरहेको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
खेलको सुरुवाती समयमा दुवै टोलीले आक्रमणमा कुनै उल्लेख्य मुभ बनाउन सकेनन्। नेपालले काउन्टरमा अघि बढ्ने अवसर पाएपनि भारतको डिफेन्स लाइन बाधक बन्यो।
खेलको ३४ औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न सकेनन्। सुरेश वाङजामको क्रसमा गोलरक्षक किरण चेम्जुङसमेत बिट भइसकेपछि ६ यार्ड बक्सभित्र खाली पोस्टको अघि अनमार्क रहेका सुनिलले गरेको फितलो प्रहार पोस्टबाट बाहिरियो।
४३ औं मिनेटमा सुनिलको पासमा पेनाल्टी क्षेत्रभित्र मनवीर सिंहले सट प्रहार गर्न सकेनन्।
आजको खेलमा जित हासिल गरे नेपाल फाइनलमा प्रवेश गर्नेछ। भारतलाई भने फाइनल पुग्न यो खेल जित्नपर्ने दबाब छ। आज पराजित भए भारत प्रतियोगिताको समूह चरणबाट नै बाहिरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।