काठमाडौं- १३औं साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकाविरुद्ध खेलमा खेलेका तीन खेलाडी परिवर्तन गरेका छन्।
उनले घोषणा गरेको सुरुवाती ११ मा अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठ बाहिर राखिएको छ। यता, मनिष डाँगी, दीनेश राजवंशी र सुजल श्रेष्ठ सुरुवाती ११ समेटिएका छन्।
गोलरक्षकमा कप्तान किरण चेम्जोङले निरन्तरता पाएका छन्। डिफेन्डरमा अनन्त तामाङ, दीनेश र रोहित चन्दसँगै विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल छन्।
मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङ छन्। आक्रमणमा सुजल, मनिष र सुमन लामा छन्। नेपालले यस खेलमा जित हात पारे फाइनलमा प्रवेश गर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।