काठमाडौं- फोर्ड नेपाल (जीओ अटोमोवाइल्स प्रालि)ले चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झण्झटरहित यात्राको लागि 'रोडसाइड असिस्टेन्स'को घोषणा गरेको छ।
आउँदो दसैं र तिहारलाई मध्येनजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो। 'दसैंमा नेपालभित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरु आफ्नो घर, आफन्तकोमा जान्छन्, साथीभाइ भेट्छन् र हप्तैभरि नेपालीहरुको महान चाडको संस्कृतिमा रमाउँछन्,' कम्पनीको भनाइ छ।
फोर्ड नेपालको प्रतिनिधिसँगको कुराकानीको सन्दर्भमा- यस चाडवाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ। यस्तो समयमा फोर्ड नेपालले महत्त्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरुलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्समार्फत् सेवा प्रदान गर्दै छ।
'फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ। यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटोमध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेको हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।