काठमाडौं- रोहतो मेन्थोलाटम नेपालले नेपालका आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई सहयोग गरिरहेको ब्लिंक नाउ फाउण्डेसनसँग साझेदारी गरेको छ।
सुर्खेतको ब्लिंक नाउ बालबालिकाहरुको संरक्षण र समग्र विकासका लागि काम गरिरहेको गैरनाफामुखी संस्था हो। ब्लिंक नाउसँगको साझेदारीले आर्थिक स्थिति कमजोर रहेका बालबालिकाहरुको समग्र व्यक्तित्व विकासमा योगदान पुग्ने रोहतो नेपालको विश्वास छ।
ब्लिंक नाउले लामो समयदेखि कोपिला भ्याली स्कूलको भोजन र पोषण कार्यक्रम सहयोग गरिरहेको छ। हाल कोपिला भ्याली स्कूलमा ४०० बालबालिका अध्ययनरत छन्। त्यसमध्ये करिब ४० जना बालबालिका 'चिल्ड्रेन्स होम'मा बस्दै आएका छन्। यसैगरी १० बालिकाहरुलाई बिग सिस्टर्स होममा राखिएको छ।
ब्लिंक नाउले कोपिलामा रहेका बालबालिकालाई नि: शुल्क शिक्षा, शैक्षिक सामग्री, पौष्टिक खाना, र उचित स्वास्थ्य सेवा दिन सहयोग गर्दै आएको छ। रोहतो नेपालको सहयोगबाट ब्लिंक नाउद्वारा सञ्चालित कोपिला भ्याली स्कूलका बालबालिकाको लागि पौष्टिक भोजन प्रदान गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।