काठमाडौं- कोकाकोलाले सबै प्रियजनहरुप्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दसैं अभियानको लञ्च गरेको छ। 'धन्यवाद' शीर्षक रहेको यस अभियानको मुख्य आशय महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोतलमार्फत् धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीको भनाइ छ।
प्रहरी र थुप्रै गैरसरकारी संस्थाहरुले नेपालमा कोभिड-१९ विरुद्धको लडाइँमा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। दसैं अभियानको एक हिस्साको रूपमा, कोकाकोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको 'अन-ग्राउन्ड एक्टिभेसन' सुरू गरेको कम्पनीले जानकारी दिएको छ।
'यसको मुख्य उद्देश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागि दिएको सेवाको लागि कोकाकोलाको तर्फबाट 'धन्यावाद' व्यक्त गर्नु हो। यो कृतज्ञता प्रदान गर्नका लागि कोकाकोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर 'धन्यवाद' उपहार बक्सलाई बढ्दै छ। यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोकाकोलाको कन्टूर ग्लास पनि यसमा समावेश रहेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चारवटा गैरसरकारी संस्थामा गरिएको थियो। महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए। आगामी दिनहरुमा कोका-कोलाले देशको अग्रणी नायकहरुप्रति आभार प्रकट गर्नका लागि अस्पताल र ट्राफिक प्रहरीसहित धेरै संगठनहरुको भ्रमण गर्ने जनाएको छ।
अभियानको बारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, 'अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले महामारीको विगत डेढ वर्षमा हाम्रो समुदायहरुमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीहरु निडर भइ जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागिपरेका छन्। हामी उहाँहरुको सराहना गर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागी धन्यवाद ज्ञापन गर्दछौँ। हाम्रो यो अन-ग्राउण्ड एक्टिभेसन उनीहरुप्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।