काठमाडौं- मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ।
नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षासम्बन्धी सबै मापदण्डहरु पालना गरी आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्षदेखि नै सबै ग्राहकवर्गहरुलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित रहेको कम्पनीले जनाएको छ। सो कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बिमा कम्पनी हो। उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ जसको प्रयोग गरी एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरुले जहाँ पनि जुनसुकै ठाउँमा पनि ग्राहकहरुलाई एक सहज र फरक किसिमको अनबोर्डिङ अनुभव दिलाउन सक्षम रहने कम्पनीको दाबी छ।
'अहिलेको विषम् परिस्थितिमा हाम्रा अभिकर्ताहरुको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महिनामा ग्राहकहरुलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्धताप्रति निकै नै गौरावान्वित भएका छौं। मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकहरुको जीवन यात्राको प्रत्येक चरणका आवश्यकताहरुलाई पूरा गर्न आफ्ना अभिकर्ताहरुको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ,' कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।