काठमाडौं- स्पोर्ट्स एकेडेमी (काभ्रे) साँगा ‘सी’ डिभिजन लिगमा बढुवा भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सम्पन्न नकआउटको आफ्नो पोलको अन्तिम खेलमा संयुक्त नमुना युवा क्लब, काठमाडौंलाई १–० ले पराजित गर्दै स्पोर्ट्स एकेडेमी सी डिभिजनमा बढुवा भएको हो।
खेलको ६३औं मिनेटमा आदित्य कार्कीले गरेको गोल नै स्पोर्ट्स एकेडेमीलाई सी डिभिजनमा पुर्याउन मद्दत गर्यो।
आजै सम्पन्न खेलमा आरसी ३२ फुटबल एकेडेमी, सुर्खेतले झापाको समाजसेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै सी डिभिजनमा छनोट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।