• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाली टेलिभिजनका ‘मौलिक’ कार्यक्रम भारतीयकै नक्कल!

64x64
युवराज भट्टराई सोमबार, कात्तिक १, २०७८  ०७:०७
1140x725

काठमाडौं– सन् २०१६ मा सुरु भएको हास्यव्यंग्य कार्यक्रम ‘द कपिल शर्मा शो’ भारतसँगै नेपालमा पनि उत्तिकै चर्चित छ। भारतीय अभिनेता तथा हास्य कलाकार कपिल शर्माले सञ्चालन गर्ने उक्त कार्यक्रममा विभिन्न अतिथि बोलाएर कुराकानी र ख्यालठट्टा गरिन्छ।

सन् २०१८ मा ‘कपिल शर्मा शो’ जस्तै कार्यक्रम नेपालमा पनि सुरु भयो। कार्यक्रम ‘मौलिक’ भएको घोषणा गरिएको थियो। तर, सेट डिजाइनदेखि त्यसलाई सञ्चालन गर्ने शैली कपिल शर्मा शोकै ‘फोटोकपी’ थियो। उक्त कार्यक्रमको नाम थियो– मुन्द्रेको कमेडी क्लब।

तितो सत्यमार्फत चर्चामा आएका जितु नेपाल ‘मुन्द्रे’ले कार्यक्रमको सञ्चालन गर्छन्। उनलाई कार्यक्रमले राम्रै फाप्यो। तर, उनीमाथि प्रश्न पनि उठ्यो– कार्यक्रम त कपिल शर्मा शोजस्तै छ नि?

नेपाल भने त्यो आरोप अस्वीकार गर्छन्। उनी भन्छन्, ‘कार्यक्रमका केही कुरा मिल्न पुगे होला। तर, मेरो कार्यक्रम मौलिक नै हो।’ आफ्नो कार्यक्रमको ढाँचा ‘केही’ मिले पनि नक्कल भन्न नमिल्ने उनी बताउँछन्। अहिलेका अधिकांश ‘रियालिटी शो’ उस्तै हुने उनको तर्क छ। नेपाल भन्छन्, ‘रियालिटी शो उस्तै हुँदा नक्कल भनिँदैन भने अरु कार्यक्रमलाई किन नक्कल भन्ने? कि त सबैलाई नक्कल भन्नुपर्‍यो।’

‘मुन्द्रेको कमेडी क्लब’ विदेशी टेलिभिजन च्यानलमा प्रसारण हुने कार्यक्रमको नक्कल गरिएको एउटा उदाहरण मात्रै हो। भारतीयदेखि अन्तराष्ट्रिय टेलिभिजन च्यानलमा प्रसारण हुन विभिन्न कार्यक्रमलाई विनाअनुमति नेपालमा ‘अनुशरण’ अरु पनि उदाहरण छन्।

भारतीय दर्शकमाझ चर्चित कार्यक्रम हो, ‘सीआईडी’। भारतमा निकै रुचाइएको यो कार्यक्रम नेपालमा चर्चित थियो। कुनै आपराधिक घटनाको पृष्ठभूमिबाट सुरु भइ त्यसको अनुसन्धानमा केन्द्रित हुने यो भारतीय कार्यक्रमका हजारभन्दा धेरै एपिसोड छन्। 

तर, नेपालमा भने यसको पनि नक्कल गरियो। सन् २०१५ ताका कान्तिपुर टेलिभिजनबाट सीआईडीकै शैलीमा एक कार्यक्रम निर्माण भएको थियो– ‘किलो ट्याङ्गो माइक।’ लक्षण पौडेलले बनाएको यो कार्यक्रममा सीआईडीको पाश्र्व संगीत र लोगो पनि नक्कल गरिएको थियो। तर, किलो ट्यांगो माइकले चर्चा र सफलता कमाउन सकेन। फलतः कार्यक्रम बन्द भयो। 

सन् २०१५ मा सञ्चालनमा आएको रियालिटी शो ‘डान्स नेपाल डान्स’को त नामै पनि भारतीय कार्यक्रम ‘डान्स इण्डिया डान्स’को नक्कल थियो। डान्स नेपाल डान्स दुई सिजनसम्म चल्यो। तर, दुवै सिजनमा कार्यक्रमले निर्णायक र प्रतिस्पर्धीबाहेक केही पनि ‘नयाँ’ दिन सकेन। कार्यक्रमको ढाँचा र सञ्चालन गर्ने शैली पनि भारतीय कार्यक्रमको नक्कल थियो।

Ncell 2
Ncell 2
nimb
nimb

टेलिभिजन प्रस्तोता र कार्यक्रम उद्घोषक भएर नाम कमाएका नरेश भट्टराई पनि कार्यक्रमको नक्कल गर्नेमा पर्छन्। सन् २००४ बाट भारतमा सुरु भएको टक शो ‘कफी विद करन’को नक्कल गर्दै उनले युट्युबमार्फत प्रसारण गर्न ‘चियापान विद् नरेश भट्टराई’ कार्यक्रम ल्याए। भारतीय कार्यक्रमका प्रस्तोता करन जोहरले कार्यक्रममा सेलिब्रेटीहरुलाई आमन्त्रण गर्ने र उनीहरुसँग विभिन्न पक्षबाट कुरा गर्ने गरेका थिए। नरेशको कार्यक्रम पनि त्यस्तै ढाँचाको थियो।

फ्रेन्चाइजदेखि डबिङसम्म
नेपालमा टेलिभिजन प्रसारण सुरु भएदेखि नै मौलिक कार्यक्रमहरुको अभाव देखिन्छ। सुरुवाती चरणमा भन्दा अहिले विदेशी कार्यक्रमको देखासिखी वा फ्रेन्चाइजी लिइएका कार्यक्रम झनै बढेका छन्। 

तर, मौलिक कार्यक्रम हुँदै नभएका भने होइनन्। खासगरी हास्यव्यंग्य कार्यक्रम ‘तितो सत्य’, ‘मेरी बास्सै’, ‘हिजो आजका कुरा’ लगायत नेपाल टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम मौलिक थिए। अहिले भने नेपाली टेलिभिजनमा यस्ता कार्यक्रमहरुको अभाव नै छ। 

नयाँ खुलेका टेलिभिजन च्यानल पनि कि विदेशीको नक्कल गरेका कार्यक्रमको भरमा चलेका छन्, कि गुमनाम छन्। हालै खुलेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनले प्रमुखताका साथ प्रचार गरेका कार्यक्रम विदेशी कार्यक्रमकै फ्रेन्चाइज छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दीपकराज गिरीलाई मुख्य भूमिकामा राखेर निर्माण गरिएको ‘क्राइम पेट्रोल नेपाल’ भारतीय टेलिभिजन कार्यक्रम क्राइभ पेट्रोलको फ्रेन्चाइज हो। त्यस्तै, हिन्दी भाषामा रहेको ‘रामायण’लाई धारावाहिक रुपमा प्रस्तुत गर्न नेपालीमा अनुवाद गरि डबिङ गरिँदैछ। बालबालिका लक्षित गरेर प्रसारणमा ल्याइएको ‘सारेगमप लिल च्याम्प्स’ भारतीय शोकै फ्रेन्चाइजी हो।

एक दशकभन्दा अघि ‘नेपाली तारा’ जस्ता नेपालमै उत्पादित रियालिटी शो थिए। तर, अहिले नेपाली टेलिभिजनका रियालिटि शो अधिकांश फ्रेन्चाइज छन्। 

देशव्यापी चर्चा पाउने दुई गायन रियालिटि शो छन्– नेपाल आइडल र भ्वाइस अफ नेपाल। तर, यी दुवै कार्यक्रम विदेशी कम्पनीको फ्रेन्चाइजको रुपमा उत्पादन भइरहेको छ। नेपाल आइडल विश्वव्यापी फैलिएको ‘आइडल’को फ्रेन्चाइज हो भने भ्वाइस अफ नेपाल अन्तराष्ट्रिय गायन रियालिटी शो ‘द भ्वाइस’को फ्रेन्चाइज हो। आइडल चौथौं संस्करणसम्म पुगेको छ भने भ्वाइसको पनि तेस्रो संस्करण सकिएको छ।

नेपालकै उत्पादनमा पनि रियालिटि शो बनेका छन्। तर, जे जति बनेका छन्, तिनीहरु गुमनाम जस्तै छन्। नेपालमा उत्पादित नेपाली तारा निकै चर्चित र सफल थियो। त्यसबाहेक ‘तिम्रो सुर, मेरो गीत’, ‘खोजी प्रतिभाको’, ‘साउथ एसियन स्टार’, ‘सिगिंङ स्टार’, ‘नेपाल स्टार’ लगायत कार्यक्रम सफल हुन सकेनन्। 

केही वर्ष अघि एपीवान एचडी टेलिभिजनमार्फत प्रसारण भएको रियालिटि शो लोकदोहोरी गायन पनि सफल भएको थियो। तर, कार्यक्रमलाई प्रचार गर्दा ‘मौलिक’ भनिएजस्तै मौलक नभएर नेपाल आइडलजस्तै ढाँचाको बनाइएको थियो।

एपीवान एचडी टेलिभिजनका निर्देशक तथा रियालिटी लोकस्टारका निर्देशन टिमका एक सुरेश पौडेल पनि यसलाई स्वीकार्छन्। उनी भन्छन्, ‘हामीसम्म जो लगानीकर्ता लोकस्टार गर्न आउनु भएको थियो, उहाँहरुले फ्रेन्चाइज नलिएर प्रोडक्सनमा लगानी गर्ने भन्नु भयो। लोकस्टार पनि एक हिसाबले लोक गीतको नेपाल आइडलको रुपमा विकास गरिएको थियो।’

के मौलिक कार्यक्रम छैनन्?
नेपाली कार्यक्रमहरुमा कथा मौलिक भए पनि त्यसलाई प्रस्तुत गर्ने शैली विदेशीबाट प्रभावित हुने एपीवान एचडीका निर्देशक पौडेल बताउँछन्। अधिकांश कार्यक्रममा नेपाली कथालाई विदेशी भावभंगीमा प्रस्तुत गरिनुले त्यसलाई मौलिक रहन नदिने उनको भनाइ छ।

‘फ्रेन्चाइज भनेको कुनै कार्यक्रम अनुमति लिएर मापदण्डअनुसार निर्माण गर्ने हो,’ उनी भन्छन्, ‘फ्रेन्चाइज लिन खर्च हुन्छ, फाइदा हुने सम्भावना पनि हुन्छ। तर, यसमा खर्च गर्नुको सट्टा अनुमति नै नलिइ नेपाली कथालाई कुनै विदेशी कार्यक्रमको शैलीमा प्रस्तुत गरिएको हुन्छ।’

पौडेल आफैंले निर्देशन गरेको कार्यक्रम ‘लोक स्टार’लाई पनि ‘नेपाली मौलिक’ भनिएको थियो। तर, नेपाल आइडलकै शैलीबाट प्रभावित भएर निर्माण गरिएको उनी बताउँछन्। ‘फ्रेन्चाइज लिने पैसा प्रोडक्सनमा खर्च गरेर काम गरेका हौँ। त्यसैले हामीले नेपाली लोकगीतको आइडल नै भन्ने गरेका थियौं।’ अधिकांश नेपाली टेलिभिजनका कार्यक्रम, रियालिटि शोलगायतमा यो शैली अपनाइएको उनी बताउँछन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्