• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘ज्वाइँ गुट’का मन्त्रीको मनोवाद

64x64
मिलन बगाले शनिबार, असोज २३, २०७८  १८:१७
1140x725

न्याय नपाए गोरखा जानू भन्थे। म चाहिँ गोरखा गइनँ। ५०० किलोमिटर हिँडेर, गोडाभरी फोका उठ्ने गरि काठमाडौं पनि पसिनँ। काठमाडौं आएर माइतीघर मण्डलमा धर्ना पनि बसिनँ। धर्ना नबसेकोले प्रहरी खोरमा पनि म पुगिनँ। मलाई पनि न्याय नै चाहिएको थियो। भुइँमान्छेलाई भुइँको न्याय चाहिएकोले होला, भुइँभुइँ सुइँ..सुइँ... हिँड्दै आएँ।

मलाई हावातालमा न्याय चाहिएको थियो। त्यसैले हवाईजहाजमै उडेर काठमाडौं आएँ। ज्वाइँसापले मेरो न्यायको सबै बन्दोबस्त मिलाइसक्नु भएको थियो। आएपछि माइतीघर मण्डलतिर किन, सिधै न्यूरोडतिर हानिएँ। दशैंको भीडभाड छिचोल्दै गतिलो दौरासुरुवाल सिलाएँ। 

दौरासुरुवाल सिलाउँदा ‘हुनेवाला मन्त्रीको दौरासुरुवाल हो’ भनेर पसलेलाई पनि भनिनँ। त्यसो भन्यो भने दौरासुरुवाल नै नसिलाउला भन्ने डर। दौरासुरुवाल तयार भएपछि कोट पनि राम्रै किनेँ, अनि नानाथरी समाचार पढेर खिस्स हाँस्दै एक साता बिताएँ। एक दिन यस्सो अन्तरवार्ता पनि दिन भ्याएँ। एक साता मलाई एक वर्षजस्तो भयो। मेरो नाममा सहमति भएर मात्र मन्त्रिमण्डलले पूर्णता नपाउँदो रहेछ। हिजो आफैं मरिमेटेको पार्टी, अहिले आफू सक्रिय छैन। आफू सक्रिय नभएकाले म प्रधानमन्त्रीको पार्टी भन्छु। प्रधानमन्त्रीको पार्टीमा गुट कति कति। गुटका झगडा मिलाउँदै हैरान। माओवादीमा सबै मन्त्री बन्न टक्रिए रे। समाजवादीहरुको हालत उस्तै। ३-३ महिना आलोपालो सबैलाई मन्त्री बनाउने भनेर फकाउँदै रहेछन् समाजवादीहरु। सुरुको लटमा साहुहरुले पालो पाएछन्। साहुहरुसँगै अरु एक दुईजना नेताले पनि पालो पाएछन्। 

प्रधानमन्त्रीको प्रजातान्त्रिक पार्टीमा अचम्मको नियम छ। हुन त म पनि अलिअलि त्यही पाटीकै मान्छे हुँ। बाहुन, क्षेत्री बाहेक अरुले मन्त्री खान नमिल्ने नयाँ गोप्य नियम छ त्यो पार्टीमा। पुरुषबाहेक अरुले मन्त्री खान नमिल्ने अघोषित अर्को कानुन पनि छ। अघोषित नियम कानुन सार्वजनिक गर्न पनि नमिल्ने। यो कानुन कार्यान्वयन गर्न अन्तिम समयमा प्रधानमन्त्री कसोकसो डराउनुभो। सपनामा कदमजमको भूतले तर्साएछ कि? एकजना महिला र एकजना चौधरी थरका माननीयले मन्त्री बन्ने मौका पाउनुभो। यसो गर्नुपर्दा प्रधानमन्त्रीको पार्टीले बिटुलिएको महसुस गरेको छ भन्ने सुनेको छु। सायद रुद्रीसुद्री लगाएर प्रधानमन्त्रीको पार्टी कार्यालय छिटै चोख्याउछन् होला। देशको प्रथम महिला यति धेरै तगडा हुनुहुन्छ, यति भएपछि महिला मन्त्री नै किन चाहियो? केही दिन अघिसम्म प्रधानमन्त्री कड्किँदै हुनुहुन्थ्यो रे। पछि कसरी एक जना महिलालाई मन्त्री बनाउन टक्रिनुभयो? मैले अहिलेसम्म बुझ्न सकेको छैन। 

मन्त्री छान्न मेरो ज्वाइँ जस्तो सिपालु त कोही नाइँ। एक जनाको नाममा पासा फालेर हल्लाखल्ला मच्चाइदिनुभो र प्रधानमन्त्रीको मान्छेजस्तो बनाइदिएर मलाई ट्याक्क मन्त्री बनाइदिनुभो। प्रधानमन्त्रीले मेरो मान्छे होइन भन्नुभएन। उहिल्यै म उहाँकै मान्छे थिएँ। बिचमा हराएको मात्र न हुँ। 

प्रधानमन्त्रीले मन्त्री छान्ने झमेलो मिलाउन ३ महिना किन लगाउनुभो भन्ने कुरो मैले जति बढी कसले बुझेको छ र? जेठानको हैसियतमा उहाँ (मेरा ज्वाइँसाप)ले मलाई मन्त्री बनाउनु पर्ने थियो। म मन्त्री बनेपछि मिडिया अरिंगालझैं खनिने निश्चित थियो। सडक प्रदर्शन पनि हुनसक्थ्यो। दशैंको मेसोमा मन्त्री बनाए विरोध पानीको फोका झैं फुट्ने विश्वास दिलाउनुभो ज्वाइँसापले। प्रधानमन्त्रीले मान्नुभो। अनि म ट्याक्क मन्त्री बनेँ। अरु हिस्स परे। 

मलाई मन्त्री बनाउनुअघि ज्वाइँसापले एउटा हल्ला फिजाउनुभो। मन्त्री पदमा उहाँकै अफिसको एउटा कारिन्दाको भाग छुट्याएको भनेर। यति भएपछि विरोधको आवाज चर्को भैहाल्यो। ‘कहाँ मैले मन्त्री बनाउँछु? मन्त्री त प्रधानमन्त्रीले बनाउनुहुन्छ। अब हुँदाहुँदा उहाँकै पार्टीको फलानोलाई मन्त्री बनाउनसमेत मैले दबाब दियो भनेर हल्ला फिजाइएछ।’

उहाँले यस्तो भनिदिएपछि दुनियाँ एकछिन रनभुल्ल पर्‍यो। दुनियाँ रनभुल्ल परे पनि पत्रकार रनभुल्लमा परेनन्। नाता खोतलिदिएर हैरान बनाए। वास्तवमा मेरो नाममा कसैले हल्ला फिजाएकै थिएन। उहाँले नै आइडिया लगाएर हल्ला फिजाइदिनुभो। कांग्रेस त म छँदै थिएँ। तर, कांग्रेस भएर मैले मन्त्री पाएको हुँदै होइन। म सांसद होइन। महाधिवेशन प्रतिनिधि पनि होइन। कांग्रेसमा मन्त्री बन्न यति सजिलो कहाँ छ र? 

Ncell 2
Ncell 2
nimb
nimb

ज्वाइँसाप केही महिनाअघि ससुराली आउनुभएको थियो। ठट्टैठट्टामा तपाईंलाई मन्त्री बन्न रहर छ? भनेर सोध्दा म त तर्सिएको थिएँ। ‘रेडक्रसको मन्त्री भन्नुभा हो र ज्वाइँसाप?’, मैले सोधेँ। ‘कहाँ रेडक्रसको मन्त्री, केन्द्र सरकारको मन्त्री’, उहाँले भन्नुभो। प्रदेश सांसद बनेको भाइ त मन्त्री बन्न सक्या छैन, म महाधिवेशन प्रतिनिधि बन्नसमेत नसकेको मान्छे कांग्रेसमा केको मन्त्री बन्न सकूला र? मैले त कुरो पटक्कै पत्याएकै थिइनँ।

प्रधानमन्त्रीको पुरानो मान्छे त हुँ। तर, पुरानोमै सीमित थिएँ। नयाँ बन्न सकेको थिइनँ। ज्वाइँसापलाई त्यही भनेँ। ‘म नयाँ बनाइदिउँला’, उहाँले यसो भन्दा खासै पत्यार लागेको थिएन। आफ्नो कारिन्दाको नामको हल्ला फिजाएर खण्डन गर्ने क्रममा मेरो नाम घुसाएर प्रधानमन्त्रीको मान्छे बनाइदिने उहाँको ट्याक्टिस चाहिँ मान्नैपर्छ। 

नेपालमा शपथ खाएपछि खायो खायो। नखाइन्जेल हो तनाव हुने। खाएपछि सक्कियो। अब कसले ओराल्न सक्ने मलाई? २-४ दिन विरोध हुन्छ। विरोध सेलाएपछि घुमफिर र खानपिनका खबर छापेर दशैंभरलाई पत्रिका बन्द हुन्छन्। अनलाइनहरु घुमघामका फोटाफिचरमै अल्झिन्छन्। संसद् खुल्ने कहिले हो कहिले। ज्वाइँसापले नयाँ–नयाँ काम गर्नुहुन्छ। मेरो खबर त कता पुरिन्छ कता। एक-दुईटा ड्याङडुङ निर्णय पड्काइदिएपछि मन्त्रीज्यू मन्त्रीज्यू भनिहाल्न पनि सक्छन्। जेठानले मन्त्री पड्काएको खबर एकाध दिनमै बेपत्ता हुन्छ भन्ने मेरो विश्वास छ। राजाले युवराज घोषणा गर्दाकै ट्याक्टिस प्रधानमन्त्रीले अपनाउनुभएको हो। प्रधानमन्त्री पनि मेरो ज्वाइँजस्तै बाठो हुनुहुन्छ। 

मेरो नाममा गठबन्धन एकढिक्का छ भन्ने कुरा मिडियालाई थाहै छैन। यो मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछिको निर्विरोध मान्छे मै हुँ। प्रचण्डजीले म अलिअलि विरोध गरेझैं गर्छु है प्रधानमन्त्रीज्यू, माइण्ड नगर्नुहोला भन्नुभएको छ। उहाँको चेपारे पारा कसले नबुझ्ने? यो मन्त्रिपरिषद्‌मा वरीयतामा जता भए पनि प्रधानमन्त्रीपछिको पावरफूल मन्त्री पनि मै हुँ। किनभने म ज्वाइँईंको प्रतिनिधि। मेरो ज्वाइँभन्दा पावरफूल को छ यो देशमा? मेरो ज्वाइँले चाहनुभो भने वर्तमान प्रधानमन्त्री मात्र होइन, भूतपूर्व प्रधानमन्त्री सबैलाई एकै झट्कामा गुटमुट्याइदिन सक्नुहुन्छ। उहाँ पावरफूल ठाउँमा हुनुहुन्छ। यी नेताहरुको सुक्को इज्जत छैन। सप्पैलाई गुट्मुट्याइदिनुभो भने उहाँ आफैं प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ। तर, उहाँमा त्यस्तो गर्ने चाहिँ रहर छैन। लोकमान जस्तो महत्वाकांक्षी चाहिँ हुनुहुन्न मेरो ज्वाइँ। नेतालाई मुसो खेलाएझैं खेलाएर नातापाता र साथीभाइलाई जागिर लगाइदिने सोखभन्दा माथिको महत्वाकांक्षा उहाँमा छैन। 

Xtrem

Xtrem

खासमा मेरो ज्वाइँ न्यायप्रेमी पनि हुनुहुन्छ। नातापाता, साथीभाइ र इष्टमित्रलाई न्याय गर्ने खुब सोख छ उहाँको। राजारानीको फोटो च्यातेर २०४० सालमै चर्चित भएको मान्छे म। फोटो च्यातेपछि भूमिगत बस्नुपर्‍यो। झन्डै ज्यान गएथ्यो। राजनीति गर्दै जाँदा प्रधानमन्त्रीले पत्याए पनि जनताले पत्याएनन्। आमचुनाव न पार्टी चुनाव, कतै न्याय नमिलेपछि खुम्चिएर बसेको थिएँ। म खुम्चिएर बसेको मेरो ज्वाइँलाई मन परेन। अनि फ्याट्ट न्याय मिलाइदिनुभो। दुनियाँ हेरेको हेर्‍यै। महाधिवेशन प्रतिनिधि र सांसद बन्नुभन्दा त यही रमाइलो। यही पद काइदाको। 

मेरा नाममा धेरै समय विरोध होला भन्ने मैले सोचेको छैन। दिन दशा बिग्रेको छ भने त पद उड्न पनि सक्छ। थामिनसक्नु विरोध आएछ भने पनि केही छैन। पद गएपनि म नेपाल सरकारको मन्त्री भइहालें। अब टोल सुधार समिति, महायज्ञ, वार्डभेला, स्कूलका बार्षिकोत्सव र पार्टीका छोटामोटा बैठकमा सबैले मन्त्रीज्यू भनिहाल्नेछन्। त्यति भएपछि मलाई न्याय मिलिगो। लामै समय मन्त्री खान्छु भन्नेमा म धेरै नै विश्वस्त छु। त्यसैले पद खुस्किने तर्क गरेर मन अमिलो बनाउन्नँ। कसरी खुस्किन्छ मेरो पद? 

नेपालमा न्याय पाउने यसरी नै हो। ५०० किलोमिटर हिँडेर, खुट्टाभरी फोका उठाएर, माइतीघर मण्डलमा धर्ना बसेर न्याय पाइँदैन। नपत्याए मलाई सोध्नू। मेरो ज्वाइँसापलाई सोध्नू। न्याय पाउने उद्योगधन्धा कस्तो हुन्छ, मैले बुझेको छु। त्यसैले त उद्योगधन्धा मन्त्री बनेको छु। मेरो पालामा उद्योगधन्धा राम्रै फस्टाउनेछ। म पनि फस्टाउनेछु। म फस्टाउनु भनेको देशलाई न्याय मिल्नु हो। देशलाई नाफा हुनु हो। देशलाई न्याय दिलाउनु मेरो एक मात्र कर्तव्य हो। ज्वाइँसाप त्यसै भन्नुहुन्छ। मेरो नियुक्तिले प्रधानमन्त्रीलाई पनि न्याय मिलेको छ। मेरो ज्वाइँलाई न्याय भएको छ। मेरो ज्वाइँलाई न्याय मिल्नु भनेको देशलाई न्याय मिल्नु हो। ५०० किलोमिटर हिँडेर न्याय खोज्नेहरुको कुरो सुन्नतिर पत्रकार लागिदिए मलाई हाइसन्चो हुन्थ्यो। पत्रकार उतै अल्झिन्थे। मैले चलाउने उद्योगधन्धा काइदाले चलिरहन्थ्यो। पत्रकारलाई त्यता अल्झाउने केही उपाय छैन? छ भने मलाई खुसुक्क भन्नुस् है। 

मनोवाद सकियो। 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्