काठमाडौं- विश्वकप फुटबलको छनोट खेलमा जर्मनी विजयी भएको छ।
विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह जे मा रहेको जर्मनीले रोमानियालाई २–१ ले पराजित गरेको हो।
जर्मनीको जितमा सर्गेइ ग्नाब्री र थोमस मुलरले एक/एक गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता भने रोमानियाले बनाएको थियो तर त्यसलाई जोगाउन नसक्दा उसले खेल जर्मनीको पोल्टामा गएको छ।
सात खेलबाट १८ अंकसहित जर्मनी शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।