काठमाडौं- मोरोक्कोका राजा मोहम्मद पाँचौले नयाँ सरकारको गठन गरेका छन्। उनले सात महिलासहित २४ मन्त्रीको नयाँ सरकार गठन गरेका हुन्।
सात महिला मन्त्रीले अर्थ, पर्यटन, विदेश र आन्तरिक मामिला जस्ता महत्वपूर्ण मन्त्रालयमा नियुक्त गरिने बताइएको छ।
मोरोक्कोका धनाढ्य व्यक्तिमा गनिएका अजीज आखानोच गत महिना मोरोक्कोको प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए। नयाँ सरकारको नेतृत्व अरबपति उनैले गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।