• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खुट्टामा ठेला उठाएर कोही किन काठमाडौं पुग्छ?

64x64
युवराज भट्टराई शनिबार, असोज २३, २०७८  ०७:००
1140x725

काठमाडौं– मध्यदिनको चर्को घाम। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटैमा एक हुल मानिस बसेका छन्। प्रायका खुट्टाभरि ठेला उठेका देखिन्छन् भने केहीका खुट्टाका ठेला फुटेर घाउ छ।

‘ए तपाईंहरु यहाँ नबस्नुस् त। उता भृकुटीमण्डप जानुस्, माइतीघरतिर जानुस्’, त्रिपुरेश्वरमा खटिएका प्रहरीले ती मानिसलाई भन्छन्। सबैको प्रतिनिधित्व गर्दै रुबि खान बोल्छिन्, ‘हामी उताका (आन्दोलन गर्ने) मान्छे होइनौं। नेपालगञ्जबाट पैदल यात्रा गरेर यहाँ आएका छौं, हामी यहाँ बस्न नपाउने? यहाँ न्याय खोज्न आएका हौं।’

नेपालगञ्जबाट असोज १ गते हिँडेका रुबिसहित १४ जना देशको संघीय राजधानीसम्म न्यायको खोजीमा आएका हुन्। स्थानीय सरकार, प्रहरी प्रशासनदेखि मुख्यमन्त्रीसम्म गुहार्दा पनि आफूहरुले न्याय नपाएपछि उनीहरु प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष न्यायको माग गर्न २० दिन पैदल यात्रा गरेर काठमाडौं आएका छन्।

बाँकेको जानकी गाउँपालिका– २ मा ननकुन्नी धोबी र निर्मला कुर्मीको हत्या भएको दाबी गर्छन् उनीहरु। दुवैको मृत्युलाई लिएर आवश्यक अनुसन्धान हुनुपर्ने माग राख्दै उनीहरु काठमाडौंसम्म आइपुगेका हुन्। 

१० वर्षअघि आफ्नी दिदीले आफूभन्दा ७ वर्ष जेठा रामकुमार धोबीसँग विवाह गरेको बताउँछन् ननकुन्नीका भाइ माताप्रसाद धोबी। २१ वर्षको उमेरमा विवाह गरेकी ननकुन्नी रामकुमारकी तेस्री श्रीमती थिइन्। भाइ माताप्रसाद भन्छन्, ‘अघिको एक जनाको मृत्यु भएको थियो, एक जना माइत गएर बसेकी थिइन्।’

विवाह गर्दा ‘सन्तान नचाहिने, घर सम्हालिदिए हुने’ भनिएको थियो। तर, पछि सन्तान नजन्मिएको भन्दै आफ्नी दिदीमाथि हिंसा हुन थालेको बताउँछन्, भाइ माताप्रसाद। आफ्नो घरमा हिंसा भएपछि ननकुन्नी केही समय बहिनीकोमा बसिन्, केही समय माइतीमा बसिन्। श्रीमान आएर अब मिलेर बस्ने भनेकाले उनी फर्किएर जान्थिन्। तर, गत साउन ५ गते भने उनको मृत शरीर घरमा भेटियो। घरको दलिनमा झुन्डिएकी अवस्थामा उनलाई पाइएको थियो।

नेपालगञ्जबाट पैदल काठमाडौंसम्म आइपुगेकी सकिना तेली भन्छिन्, ‘असार ७ गते हिंसा भयो भन्दै उनी आएपछि हामीले श्रीमानसँग छलफल गरेर घर पठाएका थियौं। १५ दिनपछि पनि हिंसा भयो भन्दै आइन्। साउन ५ गते त उनी मृत भेटिइन्।’

Ncell 2
Ncell 2
nimb
nimb

तेली राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी सदस्य समेत हुन्। उनी थप्छिन्, ‘गत मंसिरमा बेपत्ता भएकी निर्मला कुर्मीलाई पनि प्रहरीले मृत्यु भएको भनिदियो। तर, आवश्यक अनुसन्धान गरेन्। हामी दुवैको मृत्युको अनुसन्धानको माग गर्दै यहाँ आएका हौं।’

दाइजो नदिएको भन्दै भिनाजुले आफ्नी दिदीलाई मारेको दाबी गर्छन्, भाइ माताप्रसाद। उनको परिवारलाई ‘रामकुमारले दाइजोमा मोटरसाइकल दिनू’ भनेका थिए। तर, परिवारले दाइजो दिन नसकेका कारण दिदीको हत्या भएको माताप्रसाद बताउँछन्। भन्छन्, ‘हामीलाई दाइजोमा मोटरसाइकल दिनु भनेका थिए। दिन नसकेपछि दिदीको हत्या गरिदियो।’

भाइ माताप्रसाद र तेलीसहित १४ जना नेपालगञ्जबाट दिनरात नभनी यात्रा गरेर काठमाडौं आइपुगेका छन्। यहाँ उनीहरुको 'न बस्ने छानोको टुंगो छ, न खाने ठाउँको।' तर, आफूले न्याय नपाउँदासम्म सबैतिरका ढोका ढकढक्याउने संकल्पसहित उनीहरु आएका छन्। 

‘हामीले बाँकेमा प्रहरीदेखि जिल्ला अधिकारी सबैसँग अनुसन्धान गरिदिन माग गर्‍यौं,’ तेली भन्छिन्, ‘जिल्ला प्रहरी कार्यालयदेखि मुख्यमन्त्रीसम्म सबैतिर हामीले धायौं। तर, हाम्रो कुरा कसैले सुनेन्। हामी यहाँ न्याय खोज्न आएका छौं।’

Xtrem

Xtrem

धोबी मृत्यु हुँदा मुद्दा दर्ता गर्न लामो समयसम्म धर्ना बसेका थिए, उनीहरु। १९ दिनसम्म धर्ना बसेपछि मात्रै उनीहरुको कुरा प्रसाशनले सुनेको थियो। उजुरी सुनियो। पैदल यात्रा गरेर काठमाडौं आउन सुरु गरेपछि मात्रै आरोपितहरुलाई पक्राउ गरिएको तेली बताउँछिन्। भन्छिन्, ‘हामी यता आउन सुरु गरेपछि पहिले ननकुन्नीको श्रीमान र पछि जेठाजुलाई पक्राउ गरेको छ।’

तर, कुर्मी बेपत्ता भएको विषयमा भने प्रहरीले कुनै पनि अनुसन्धान नगरेको उनी बताउँछिन्।

२० दिन लामो पैदल यात्रा गरेर आएका उनीहरुको खुट्टाहरु चिरिएका छन्। ठेला नउठेका पैताला देख्न गाह्रो छ। तर, उनीहरुमा आफ्नो अधिकार र न्यायको लागि लड्ने अठोट भने उत्तिकै छ, जति हिजो यात्रा सुरु गर्दा थियो। समूहको प्रतिनिधित्व गरेकी रुबि खान भन्छिन्, ‘हामी थाकेका छौं। तर, रोकिदैंनौं।’

समूहले रिले अनसनदेखि र्‍यालीसम्म गर्ने तयारी गरिरहेको छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रहरीका प्रमुख, मानव अधिकार आयोगका प्रमुखसम्मलाई भेटेर आवश्यक छानबिन गरेर न्याय दिन माग गर्ने बताउँछिन रुबि। ‘तपाईंहरुको लागि हाम्रो २० दिनको यात्रा सामान्य २० दिनजस्तो लाग्छ होला, तर यो यात्राको प्रत्येक सेकेण्ड हाम्रा लागि पीडाको यात्रा थियो,’ खान भन्छिन्, ‘हाम्रो देशमा महिला महामहिम राष्ट्रपति हुँदा महिलामाथि भएको हिंसा, हत्याको लागि न्याय माग्दै हामी आएका छौं। तर, उहाँहरु चैनको निन्द्रा सुत्नु भएको छ।’

आफूले गरेको पैदल यात्रामा देशकै राष्ट्रपति महिला हुँदा पनि कुनै किसिमको सम्बोधन नभएकोमा आफूलाई खिन्नता महसुस हुने खान बताउँछिन्। महिला भएकाले महिलाको पीडा बुझ्नुपर्नेमा राष्ट्रपति पनि मौन बसिदिँदा आफूलाई थप पीडा भएको उनी बताउँछिन्।

‘हामी न्यायका लागि यहाँ आएका हौं,’ रुबि भन्छिन्, ‘हाम्रो माग ठूलो छैन्। दुई हत्यामा रहेका अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गर्न र आवश्यक सजाय दिन भनेका हौं। सबैले मौन बसिदिनु भएको छ। तर, जस्तै अवस्था आएपनि हाम्रो यात्रा रोकिदैंन। हामी न्यायको लागि निरन्तर संघर्ष गर्छौ।’

उनीहरु काठमाडौं आउँदा पनि लुम्बिनीका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। तर, त्यहाँबाट पनि आवश्यक छानबिन भएन। समितिमा मात्रै सिमित भएको थियो।

स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म कतै पनि आफ्नो कुरा सुनुवाइ नुहँदा उनीहरु काठमाडौं आइपुगे। तर, के केन्द्र सरकारले उनीहरुको माग सुनिदिन्छ होला? रुबिलाई हामीले प्रश्न गर्यौं। 

जवाफमा उनी भन्छिन्, ‘हाम्रो माग केन्द्र सरकारले नसुने कसले सुन्छ? हाम्रै कुरा सुन्न यहाँ बस्नु भएको छ उहाँहरु। हामीले न्याय मागेका हौं। केन्द्रमा पनि न्याय पाइएन् भने हामी अनसन बस्छौं। बरु, प्राण त्याग्छौं तर ,न्याय चाहन्छौं।’

चर्को घाममा तातेको सडकमा बसेका उनीहरुलाई प्रहरीले पटक पटक त्यहाँ नबस्न भनिरहेको थियो। सार्वजनिक स्थल भएकाले भेला हुन नमिल्ने भन्दै उनीहरुलाई माइतीघर वा भृकुटिमण्डपतर्फ जान निर्देशन दिइरहेको थियो प्रहरी। रुबि र उनको समूह दशरथ रंगशालाको गेटबाट उठेर छेवैमा रहेको पेट्रोल पम्पमा गएर बसे।

जाँदा जाँदै रुबिले भनिन्, ‘न्याय नपाएको पीडा त छँदै छ, यति लामो यात्रा पनि हामीले गरेका थिएनौं। न्यायको लागि पनि लड्नुपर्ने कस्तो देश हो? नेपालगञ्जबाट सिंहदरबारसम्म आएका छौं। यहाँ त कसो न्याय नपाइएला र।’

यहाँ बस्न नपाएपछि माइतीघर मण्डलमा गएर धर्ना बसेका उनीहरुलाई शुक्रबार त्यहाँबाट पनि धरपकड गरेर लखेटिएको छ, केहीलाई पक्राउ गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्