• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खुट्टामा ठेला उठाएर कोही किन काठमाडौं पुग्छ?

64x64
युवराज भट्टराई शनिबार, असोज २३, २०७८  ०७:००
1140x725

काठमाडौं– मध्यदिनको चर्को घाम। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटैमा एक हुल मानिस बसेका छन्। प्रायका खुट्टाभरि ठेला उठेका देखिन्छन् भने केहीका खुट्टाका ठेला फुटेर घाउ छ।

‘ए तपाईंहरु यहाँ नबस्नुस् त। उता भृकुटीमण्डप जानुस्, माइतीघरतिर जानुस्’, त्रिपुरेश्वरमा खटिएका प्रहरीले ती मानिसलाई भन्छन्। सबैको प्रतिनिधित्व गर्दै रुबि खान बोल्छिन्, ‘हामी उताका (आन्दोलन गर्ने) मान्छे होइनौं। नेपालगञ्जबाट पैदल यात्रा गरेर यहाँ आएका छौं, हामी यहाँ बस्न नपाउने? यहाँ न्याय खोज्न आएका हौं।’

नेपालगञ्जबाट असोज १ गते हिँडेका रुबिसहित १४ जना देशको संघीय राजधानीसम्म न्यायको खोजीमा आएका हुन्। स्थानीय सरकार, प्रहरी प्रशासनदेखि मुख्यमन्त्रीसम्म गुहार्दा पनि आफूहरुले न्याय नपाएपछि उनीहरु प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष न्यायको माग गर्न २० दिन पैदल यात्रा गरेर काठमाडौं आएका छन्।

बाँकेको जानकी गाउँपालिका– २ मा ननकुन्नी धोबी र निर्मला कुर्मीको हत्या भएको दाबी गर्छन् उनीहरु। दुवैको मृत्युलाई लिएर आवश्यक अनुसन्धान हुनुपर्ने माग राख्दै उनीहरु काठमाडौंसम्म आइपुगेका हुन्। 

१० वर्षअघि आफ्नी दिदीले आफूभन्दा ७ वर्ष जेठा रामकुमार धोबीसँग विवाह गरेको बताउँछन् ननकुन्नीका भाइ माताप्रसाद धोबी। २१ वर्षको उमेरमा विवाह गरेकी ननकुन्नी रामकुमारकी तेस्री श्रीमती थिइन्। भाइ माताप्रसाद भन्छन्, ‘अघिको एक जनाको मृत्यु भएको थियो, एक जना माइत गएर बसेकी थिइन्।’

विवाह गर्दा ‘सन्तान नचाहिने, घर सम्हालिदिए हुने’ भनिएको थियो। तर, पछि सन्तान नजन्मिएको भन्दै आफ्नी दिदीमाथि हिंसा हुन थालेको बताउँछन्, भाइ माताप्रसाद। आफ्नो घरमा हिंसा भएपछि ननकुन्नी केही समय बहिनीकोमा बसिन्, केही समय माइतीमा बसिन्। श्रीमान आएर अब मिलेर बस्ने भनेकाले उनी फर्किएर जान्थिन्। तर, गत साउन ५ गते भने उनको मृत शरीर घरमा भेटियो। घरको दलिनमा झुन्डिएकी अवस्थामा उनलाई पाइएको थियो।

नेपालगञ्जबाट पैदल काठमाडौंसम्म आइपुगेकी सकिना तेली भन्छिन्, ‘असार ७ गते हिंसा भयो भन्दै उनी आएपछि हामीले श्रीमानसँग छलफल गरेर घर पठाएका थियौं। १५ दिनपछि पनि हिंसा भयो भन्दै आइन्। साउन ५ गते त उनी मृत भेटिइन्।’

Ncell 2
Ncell 2

तेली राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी सदस्य समेत हुन्। उनी थप्छिन्, ‘गत मंसिरमा बेपत्ता भएकी निर्मला कुर्मीलाई पनि प्रहरीले मृत्यु भएको भनिदियो। तर, आवश्यक अनुसन्धान गरेन्। हामी दुवैको मृत्युको अनुसन्धानको माग गर्दै यहाँ आएका हौं।’

दाइजो नदिएको भन्दै भिनाजुले आफ्नी दिदीलाई मारेको दाबी गर्छन्, भाइ माताप्रसाद। उनको परिवारलाई ‘रामकुमारले दाइजोमा मोटरसाइकल दिनू’ भनेका थिए। तर, परिवारले दाइजो दिन नसकेका कारण दिदीको हत्या भएको माताप्रसाद बताउँछन्। भन्छन्, ‘हामीलाई दाइजोमा मोटरसाइकल दिनु भनेका थिए। दिन नसकेपछि दिदीको हत्या गरिदियो।’

भाइ माताप्रसाद र तेलीसहित १४ जना नेपालगञ्जबाट दिनरात नभनी यात्रा गरेर काठमाडौं आइपुगेका छन्। यहाँ उनीहरुको 'न बस्ने छानोको टुंगो छ, न खाने ठाउँको।' तर, आफूले न्याय नपाउँदासम्म सबैतिरका ढोका ढकढक्याउने संकल्पसहित उनीहरु आएका छन्। 

‘हामीले बाँकेमा प्रहरीदेखि जिल्ला अधिकारी सबैसँग अनुसन्धान गरिदिन माग गर्‍यौं,’ तेली भन्छिन्, ‘जिल्ला प्रहरी कार्यालयदेखि मुख्यमन्त्रीसम्म सबैतिर हामीले धायौं। तर, हाम्रो कुरा कसैले सुनेन्। हामी यहाँ न्याय खोज्न आएका छौं।’

धोबी मृत्यु हुँदा मुद्दा दर्ता गर्न लामो समयसम्म धर्ना बसेका थिए, उनीहरु। १९ दिनसम्म धर्ना बसेपछि मात्रै उनीहरुको कुरा प्रसाशनले सुनेको थियो। उजुरी सुनियो। पैदल यात्रा गरेर काठमाडौं आउन सुरु गरेपछि मात्रै आरोपितहरुलाई पक्राउ गरिएको तेली बताउँछिन्। भन्छिन्, ‘हामी यता आउन सुरु गरेपछि पहिले ननकुन्नीको श्रीमान र पछि जेठाजुलाई पक्राउ गरेको छ।’

तर, कुर्मी बेपत्ता भएको विषयमा भने प्रहरीले कुनै पनि अनुसन्धान नगरेको उनी बताउँछिन्।

२० दिन लामो पैदल यात्रा गरेर आएका उनीहरुको खुट्टाहरु चिरिएका छन्। ठेला नउठेका पैताला देख्न गाह्रो छ। तर, उनीहरुमा आफ्नो अधिकार र न्यायको लागि लड्ने अठोट भने उत्तिकै छ, जति हिजो यात्रा सुरु गर्दा थियो। समूहको प्रतिनिधित्व गरेकी रुबि खान भन्छिन्, ‘हामी थाकेका छौं। तर, रोकिदैंनौं।’

समूहले रिले अनसनदेखि र्‍यालीसम्म गर्ने तयारी गरिरहेको छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रहरीका प्रमुख, मानव अधिकार आयोगका प्रमुखसम्मलाई भेटेर आवश्यक छानबिन गरेर न्याय दिन माग गर्ने बताउँछिन रुबि। ‘तपाईंहरुको लागि हाम्रो २० दिनको यात्रा सामान्य २० दिनजस्तो लाग्छ होला, तर यो यात्राको प्रत्येक सेकेण्ड हाम्रा लागि पीडाको यात्रा थियो,’ खान भन्छिन्, ‘हाम्रो देशमा महिला महामहिम राष्ट्रपति हुँदा महिलामाथि भएको हिंसा, हत्याको लागि न्याय माग्दै हामी आएका छौं। तर, उहाँहरु चैनको निन्द्रा सुत्नु भएको छ।’

आफूले गरेको पैदल यात्रामा देशकै राष्ट्रपति महिला हुँदा पनि कुनै किसिमको सम्बोधन नभएकोमा आफूलाई खिन्नता महसुस हुने खान बताउँछिन्। महिला भएकाले महिलाको पीडा बुझ्नुपर्नेमा राष्ट्रपति पनि मौन बसिदिँदा आफूलाई थप पीडा भएको उनी बताउँछिन्।

‘हामी न्यायका लागि यहाँ आएका हौं,’ रुबि भन्छिन्, ‘हाम्रो माग ठूलो छैन्। दुई हत्यामा रहेका अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गर्न र आवश्यक सजाय दिन भनेका हौं। सबैले मौन बसिदिनु भएको छ। तर, जस्तै अवस्था आएपनि हाम्रो यात्रा रोकिदैंन। हामी न्यायको लागि निरन्तर संघर्ष गर्छौ।’

उनीहरु काठमाडौं आउँदा पनि लुम्बिनीका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। तर, त्यहाँबाट पनि आवश्यक छानबिन भएन। समितिमा मात्रै सिमित भएको थियो।

स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म कतै पनि आफ्नो कुरा सुनुवाइ नुहँदा उनीहरु काठमाडौं आइपुगे। तर, के केन्द्र सरकारले उनीहरुको माग सुनिदिन्छ होला? रुबिलाई हामीले प्रश्न गर्यौं। 

जवाफमा उनी भन्छिन्, ‘हाम्रो माग केन्द्र सरकारले नसुने कसले सुन्छ? हाम्रै कुरा सुन्न यहाँ बस्नु भएको छ उहाँहरु। हामीले न्याय मागेका हौं। केन्द्रमा पनि न्याय पाइएन् भने हामी अनसन बस्छौं। बरु, प्राण त्याग्छौं तर ,न्याय चाहन्छौं।’

चर्को घाममा तातेको सडकमा बसेका उनीहरुलाई प्रहरीले पटक पटक त्यहाँ नबस्न भनिरहेको थियो। सार्वजनिक स्थल भएकाले भेला हुन नमिल्ने भन्दै उनीहरुलाई माइतीघर वा भृकुटिमण्डपतर्फ जान निर्देशन दिइरहेको थियो प्रहरी। रुबि र उनको समूह दशरथ रंगशालाको गेटबाट उठेर छेवैमा रहेको पेट्रोल पम्पमा गएर बसे।

जाँदा जाँदै रुबिले भनिन्, ‘न्याय नपाएको पीडा त छँदै छ, यति लामो यात्रा पनि हामीले गरेका थिएनौं। न्यायको लागि पनि लड्नुपर्ने कस्तो देश हो? नेपालगञ्जबाट सिंहदरबारसम्म आएका छौं। यहाँ त कसो न्याय नपाइएला र।’

यहाँ बस्न नपाएपछि माइतीघर मण्डलमा गएर धर्ना बसेका उनीहरुलाई शुक्रबार त्यहाँबाट पनि धरपकड गरेर लखेटिएको छ, केहीलाई पक्राउ गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
जनकपुरधाममा विवाह पञ्चमी अवसरमा १११ मिटर लामो चुनरी अर्पण अध्यक्ष रुंगटाका अनुसार यस वर्ष पनि विवाह पञ्चमीको प्रसंगमा श्रद्धा, भक्ति र समर्पणसहित जानकी मन्दिरमा चुनरी अर्पण गरिएको हो। विवाह... आइतबार, मंसिर ७, २०८२
यसरी पुनःस्थापित गरियो बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो। शनिबार, मंसिर ६, २०८२
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक... मंगलबार, मंसिर २, २०८२
ताजा समाचारसबै
बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित शुक्रबार, मंसिर १२, २०८२
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’ शुक्रबार, मंसिर १२, २०८२
प्रियाङ्कको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य शुक्रबार, मंसिर १२, २०८२
पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्