• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

हासिल : खलनायकको भूमिकामा इरफानको ‘नायकत्व’

64x64
युवराज भट्टराई शनिबार, असोज २३, २०७८  १७:३२
1140x725

बलिउडमा स्थापित मान्यताभन्दा बाहिरबाट प्रवेश गरेका अभिनेतामध्येमा पर्छन्, इरफान खान। उनको भौतिक शरीरले दुनियाँ छाडिसक्यो। तर, उनले अभिनय गरेका सिनेमाहरु अहिले पनि उत्तिकै बहसको विषय बन्छन्। 

सामान्य मान्छेको कथा भन्ने फिल्ममा खेल्ने इरफानले आफ्नो जीवन र आफूले अभिनय गरिरहेको भूमिकामा धेरै अन्तर राखेनन्। जस्तो फिल्ममा देखिन्थे उस्तै बाँचे, सरल र सामान्य। बलिउडको एक सुत्रीय ढाँचाका सिनेमा र ‘हाइफाई’ जीवनशैलीभन्दा बाहिर आएर काम गरेका उनलाई दर्शकले आफूसँगै पाए। त्यसैले रुचाए।

इरफानले ठूलो पर्दामा सन् १९८८ मा प्रवेश गरेका थिए, ‘सलाम बम्बे’ नामक फिल्ममार्फत। तर, उक्त फिल्ममा उनी केबल डेढ मिनेट मात्र देखिए। चिनिन पाएनन्। त्यति बेला उनी २१ वर्षका थिए।

सलाम बम्बेपछि उनले ठूलो पर्दामा लामो समय मौका पाएनन्। तर, सानो पर्दामा क्रियाशील थिए। टेलिभिजनका कार्यक्रमदेखि रंगमञ्चमा सक्रिय भए।
उनले आफ्नो अभिनयको स्वाद दर्शकलाई चखाउन पाएको पहिलो फिल्म भने ‘हासिल’ हो। उनलाई सन् २००३ मा तिग्मान्सु धुलियाले यो फिल्ममा ब्रेक दिएका थिए। यही फिल्मबाट उनले आफ्नो पहिचान मात्र बनाएनन्, स्थापित नै भए।

यो लेख इरफानको पहिलो फिल्म ‘हासिल’कै वरपर रहेर तयार पारिएको छ।

हासिलमा इरफान रणविजय सिंहको भूमिकामा छन्। राजनीतिक पृष्ठभूमिमा बनेको फिल्मलाई तत्कालीन समयमा सिनेमाघरमा थोरैले मात्रै हेरेका थिए। बलिउडको मुलधारको मान्यताअनुसार त्यति बेला फिल्ममा कुनै स्टारकास्ट वा नाम चलेको कलाकारलाई खेलाउनु पथ्र्यो। तर, तिग्मान्सु धुलिया मान्यता विपरीत गए।

हासिलमा त्यति बेला नाम चलेका कलाकार आशुतोष राणा मात्रै थिए। उनको भूमिका पनि फिल्मको सुरुवाती केही दृश्यमा मात्रै थियो।

त्यति बेलाका दर्शकको रुचाएका अभिनेता अनिल कपुर र ग्रेसी सिंहले अभिनय गरेको फिल्म ‘अरमान’ पनि हासिलसँगै प्रदर्शन भएको थियो। हासिललाई ‘मिस–कास्टिङ’का कारण ‘फ्लप’ भएको ठानियो। तर, अरमानले पनि त्यत्ति राम्रो व्यापार गर्न सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

जब फिल्म सिनेमाघरबाट सिडी प्लेयर, ल्यापटपमा हेर्न थालियो, हासिलको एक पटक फेरि पुनःजन्म भयो। फिल्म एक पटक मात्रै होइन, पटक पटक हेरिन थालियो। व्यापारिक हिसाबमा फिल्मले राम्रो कमाई नगरे पनि इरफानको अभिनय, धुलियाको निर्देशनलाई दर्शकले रुचाए। प्रदर्शन भएको करिब एक दर्शकपछि हासिलले फेरि हिन्दी फिल्मको बजारलाई तताएको थियो।

प्रेम र विद्यार्थी राजनीतिको भूमरी
हासिल भारतीय सिनेक्षेत्रका थोरैमध्येको एक ‘कल्ट क्लासिक’ फिल्म हो। हलिउडको ‘पल्प फिक्सन’जस्तै यो फिल्म भारतीय दर्शकमाझमा सदावहार लोकप्रिय छ। मुलधारभन्दा बाहिर आएर बनेका फिल्म जसलाई समयसँगै दोहो¥याएर हेरिन्छ, जसका संवादहरुलाई उधृत गरिन्छ, त्यस्ता फिल्म कल्ट क्लासिकमा पर्छन्। हासिल तीनै मध्येको एक हो।

जिम्मी शेरगिल, ऋसिता भट्ट, इरफान खान र आशुतोष रानाको मूख्य भूमिका रहेको फिल्म भारतको उत्तर प्रदेशको अलाहवादको पृष्ठभूमिमा छ। विद्यार्थी राजनीीतमा आधारित अढाई घण्टाको फिल्म मुख्य गरी राजनीतिभित्रको अनैतिकतालाई देखाइएको छ।

अलाहवाद विश्वविद्यालयमा अनिरुद्ध (जिम्मी शेरगिल) र निहारिका (ऋसिता भट्ट)को भेट हुन्छ। उनीहरु छोटो समयमा नै प्रेममा बाँधिन्छन्। तर, उनीहरुको प्रेम विश्वविद्यालयको राजनीतिबाट टाढा रहन सक्दैन। गौरीशंकर पाण्डे (आशुतोष राणा) र रणविजय सिंह (इरफान खान) दुई विपरीत राजनीतिक समूहका नेता हुन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्ममा विद्यार्थी राजनीतिले प्रेरित भएको हिंसालाई देखाइएको छ। दुई समूहले सिर्जना गरेको हिंसात्मक परिस्थितिमा अनिरुद्ध र निहारिका प्रेममा पर्छ। रणविजयसँग सहकार्य गरेका अनिरुद्धले आफ्नो प्रेमभन्दा राजनीतिक साथ ठूलो ठान्छ। 

फिल्ममा विद्यार्थी राजनीतिले प्रेरित भएको हिंसालाई देखाइएको छ। दुई समूहले सिर्जना गरेको हिंसात्मक परिस्थितिमा अनिरुद्ध र निहारिका प्रेममा पर्छ। रणविजयसँग सहकार्य गरेका अनिरुद्धले आफ्नो प्रेमभन्दा राजनीतिक साथ ठूलो ठान्छ। 

कथाले रोचक मोड तब लिन्छ जब अनिरुद्ध आफ्नो प्रेमी, साथीभाइ कसैको पनि कुरा नसुनी रणविजयको साथमा लाग्छ। तर, रणविजयले उसलाई भोटका लागि मात्र प्रयोग गर्छ। आफूसँग के भइरहेको छ भन्ने थाहा पाउनुभन्दा अघि नै अनिरुद्ध राजनीतिको त्यो फोहोर भुमरीमा परिसकेको हुन्छ। त्यो भूमरिबाट फर्किएर फेरि आफ्नो प्रेम प्राप्तिसम्मको कथालाई फिल्ममा देखाइएको छ।

निर्देशक धुलियाले भारतीय विश्वविद्यालयमा हुने विद्यार्थी राजनीतिमाथि फिल्ममार्फत न्याय गरेका छन्। परम्परागत र रुढिवादी परिवारबाट आएकी युवतीको जीवनमा हुने अप्ठ्यारोसँगै विश्वविद्यालयमा छिरेको राजनीतिले विद्यार्थीको जीवनलाई निरिह बनाएको कथालाई फिल्ममा समेटिएको छ। 

हासिल तीन पक्षबाट उत्कृष्ट छ– प्लट, संवाद र इरफानको अभिनय। सामान्य र देखिरहेको कथा भए पनि सिनेमाको प्लटलाई दर्शक तान्ने बनाइएको छ। इरफानको अभिनय नकरात्मक भूमिकामा छ, तर यर्थाथपरक र उत्कृष्ट। सिनेमामा भएका संवादहरुमा दर्शकले आफूलाई पाउँछन्। 

फिल्मको ‘क्लाइमेक्स’मा अनिरुद्धले भन्छन्– ‘मैले तपाईंलाई आफ्नै दाजु मानेको थिएँ।’

जवाफमा रणविजयले भन्छन्– ‘अरे मैले मान्न भनेको थिएँ?’

यो संवाद जति पटक सुने पनि उत्तिकै उत्कृष्ट र हाँसउठ्दो लाग्छ। उनीहरुको सम्बन्धले राजनीतिमा कोही कसैको आफन्त नहुने र सबैले आफ्नो फाइदाकै लागि अरुलाई प्रयोग गर्ने साबित गरिदिन्छ।

अहिले हेर्दा फिल्मको कथा नौलो नलागे पनि कथाका प्रस्तुतीकरण मौलिक छ। अनावश्यक संवादहरुको अनुपस्थितिले फिल्मलाई उत्तिकै उत्कृष्ट बनाएको छ। 

इरफानलाई स्थापित गराएको ‘भिलेन’ भूमिका
हासिल सिनेमाघरमा प्रदर्शनमा आएको १८ वर्षपछि मे २०२१ मा तिग्मान्सु धुलियाले ट्विट गरेका थिए– इरफानलाई हासिलमा उनले गरेको अभिनय सोलेको गब्बर सिंहजस्तै सधैँलाई याद गरिनेमा विश्वास थियो।

भारतीय सिनेक्षेत्रलाई नियाल्दा अभिनयमा कम र अनुहारमा ज्यादा महत्व दिइन्छ। तर, केही अभिनेता यस्ता छन्, जसलाई अनुहार कम र उनीहरुको अभिनयकै कारण याद गरिन्छ।

भारतीय सिनेमाको विस्तार भएको एक शताब्दी मनाउँदै गर्दा उत्कृष्ट संवादहरुको सूची निकालिएको थियो। त्यो सूचीमा उत्कृष्ट १० संवादभित्र एउटा संवाद थियो, जुन आजभन्दा करिब आधा शताब्दी पुरानो फिल्ममा खलनायकले भनेका थिए। त्यो संवाद थियो– ‘कितने आद्मी थे?’

सन् १९७५ मा प्रदर्शनमा आएको रमेश सिप्पी निर्देशित फिल्म ‘शोले’मा खलनायक गब्बर सिंह (अमजद खान)ले बोलेको संवाद थियो, त्यो। सम्भवतः भारतीय सिनेमामा कुनै खलनायकलाई उत्कृष्ट अभिनय गरेकै कारण आलोचना भएको पहिलो फिल्ममा त्यही थियो। अमजदको अभिनय यति उत्कृष्ट थियो कि उनले बोल्ने संवाद, उनले गरेको अभिनयलाई आजसम्म पनि सम्झना गरिन्छ।

इरफानलाई आफूले भूमिका निभाएको पात्र पनि अमजदकै जस्तो इतिहासमा लेखिन्छ भन्ने विश्वास हुनु स्वभाविक थियो।

भारतको ‘नेसनल स्कुल अफ ड्रामा’बाट अभिनयको यात्रा सुरु गरेका इरफानलाई ‘चन्द्रकान्ता’ जस्ता टेलिभिजन श्रृंखलामा पनि अभिनय गर्ने मौका मिलेको थियो। आफ्नो सानो भूमिका रहेको फिल्मबाट ‘अन–नोटिस्ड’ भएका इरफान टेलिभिजन श्रृंखलामार्फत भारतका घरघरमा परिचित भए। उनले करिब डेढ दशक चन्द्राकान्त टेलिभिजन श्रृंखलामा अभिनय गरेर बिताए। मध्यम वर्गीयमा पनि टेलिभिजनको पहुँच बढेको समयमा टेलिभिजन श्रृङ्खलामा उनको यात्रा चलेको थियो। 

हासिलले भने इरफानको अभिनयको दायरा टेलिभिजन श्रृङ्खलासम्म मात्रै होइन भन्ने सावित गरिदियो। इरफान बलिउडमा स्थापित नातावादभन्दा फरक पृष्ठभूमिबाट सिने क्षेत्रमा आएका थिए। उनले हासिलमा गरेको अभिनय हरेक भूइँमान्छेसँग मेल खान गयो। आफूले भोट दिएका नेताहरुले फर्किएर नहेर्नु र मान्छेलाई मान्छे नभएर एउटा भोटको रुपमा मात्रै हेरिनुको यथार्थ दर्शकहरुले भोगेका थिए। 

फिल्ममा देखाइएको राजनीतिक द्वन्द्व इरफानको अनुहारमा देखिन्छ। उनले अभिनय यथार्थको कसीमा हेर्न सकिन्छ। वास्तवमा फिल्ममा नै कुनै नेतालाई कास्ट गरिएको लाग्छ। हुन त इरफान खलनायकको भूमिकामा थिए। तर, त्यो यति उकृष्ट थियो कि नयाँ कलाकारलाई पहिलो फिल्मबाटै फिल्मफेयर अवार्ड मिल्यो ‘नकरात्मक भूमिकामा उत्कृष्ट अभिनेता’को रुपमा। यो फिल्मबाट उनले दुई अवार्ड पाएका थिए।

हासिलमा गरेको अभिनयले इरफानलाई शोलेको गब्बर सिंहजस्तो ‘अमर’ खलनायक बनायो कि बनाएन, त्यो इतिहासले बताउँछ। तर, हासिल हेरेका दर्शकहरुले इरफानलाई नभएर रणविजय सिंहलाई अवश्य याद राख्नेछन्। उनले बोलेका संवाद, उनको अभिनय, उनको अनुहारको त्यो भाव सबै रणविजयको रुपमा दर्शकलाई याद हुनेछ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्