काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
बिहीबार अधिकारीले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गरेका छन्।
श्रेष्ठलाई आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११औं सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो।
श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।