काठमाडौं- एनसेल आजियाटा लिमिटेडले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ।
चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाएर प्रतिएमबी १ बनाएको छ र यसका साथै ग्राहकले अब ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनसस्वरुप ब्यालेन्स वा डेटा पाउन सक्नेछन्।
यो योजनासँगै एनसेलकाग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन्। ग्राहकले ५० प्रतिशत छुटमा करबाहेक १ प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्छन्।
दशैं, तिहार र छठको पावनअवसरमा ल्याइएको पेजीअन्तर्गत १ प्रतिएमबी अफर बुधबार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ। यो योजना ९० दिनको लागि मान्य रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।