• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित, नयाँ मुख्यमन्त्री भने अनिश्चित 

64x64
बीपी अनमोल बिहीबार, असोज २१, २०७८  १४:१८
1140x725

काठमाडौं- गत भदौ २ गते प्रदेश सभामा नेकपा एमालेको एकल बहुमतका आधारमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले झण्डै दुई महिनापछि विश्वासको मत लिने भएकी छन्। 

असोज २४ मा बोलाइएको बागमती प्रदेश सभाको नवौं (हिउँदे) अधिवेशनमा उनले विश्वासको मत लिन लागेकी हुन्।

प्रदेश सभामा आफूले नेतृत्व गरेको दल (एमाले) विभाजन भएपछि त्यसको ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअनुसार असोज २५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी प्रावधानअनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन्। 

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेपनि अहिलेकै अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना भने देखिँदैन। बागमती प्रदेश सभामा रहेका दलहरुको अंकगणित हेर्दा शाक्य नेतृत्वको सरकारले विश्वासको मत पाउने अवस्था छैन। त्यसकारण विश्वासको मतका लागि अग्रसर भए पनि शाक्य नेतृत्वको एमाले सरकार ढल्ने निश्चित छ। 

बागमती प्रदेश सरकारका प्रवक्ता केशव पाण्डे भने विश्वासको मत सिद्ध गरेर सरकारलाई निरन्तरता दिइने दाबी गर्छन्। ‘हामीसँग ४३ जना प्रदेश सभा सदस्य हुनुहुन्छ। अरु दलसँग एकल बहुमत कसैसित छैन। एमाले अल्पमतमा छ, हामी बहुमतमा छौं भनेर उनीहरुले भन्ने अवस्था छैन,’ उनले भने, ‘कसले कसलाई समर्थन गर्छ भन्ने अन्तिममा देखिन्छ। गठबन्धनमा विवाद देखिइसकेको छ। केन्द्रमा देखिएको गठबन्धन तल पनि त्यही हुन्छ भन्ने निश्चित छैन। हामी सरकार टिकाउन प्रयासरत छौं।’

१०९ सदस्यीय बागमती प्रदेश सभामा शाक्यले विश्वासको मत पाउन ५५ जना सांसदको समर्थन जुटाउनुपर्छ। उनले नेतृत्व गरेको दल एमालेसँग ४३ जना मात्र प्रदेश सभा सदस्य छन्। प्रदेश सभामा गठबन्धनका दलहरुमध्ये नेपाली कांग्रेससँग २२, माओवादी केन्द्रसँग २३, नेकपा एकीकृत समाजवादीसँग १३ गरी ५८ सदस्य छन्। यो सरकार निर्माणका लागि पर्याप्त संख्या हो। गठबन्धनमा सामेल नरहेका विवेकशील साझाका ३, राप्रपा र नेमकिपाका २/२ र एक जना स्वतन्त्र सांसद छन्। गठबन्धन बाहिरका दलले साथ दिए पनि मुख्यमन्त्री शाक्यलाई थप ४ सांसद आवश्यक पर्छन्। 

नेपाली कांग्रेसका सांसद छिरिङ्ग दोर्जे लामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने सम्भावना नै नरहेको बताउँछन्। ‘उहाँको दलसँग बहुमत पुग्दैन, गठबन्धनमा रहेका दलहरुको समर्थन हुँदैन,’ उनले भने, ‘त्यसपछि उहाँले विश्वासको मतका लागि आवश्यक संख्या पुर्याउने अवस्था नै रहन्न।’

एमालेले भने आफ्नो नेतृत्वको सरकारलाई सहजै ढल्न नदिइने भन्दै सकेसम्म विश्वासको मत लिने प्रयास जारी राखिने जनाएको छ। एमाले केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अरुणप्रसाद नेपाल विश्वासको मतका लागि प्रयास गरिने बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सकेसम्म विश्वासको मत लिने प्रयास हुन्छ। आफ्नो मत पर्याप्त छैन भन्दैमा सहजै सरकार ढल्न दिने भन्ने हुँदैन, पार्टीले गर्ने प्रयत्न गरिरहेको छ,’ उनले भने, ‘गठबन्धनमा नरहेका दल र स्वतन्त्र गरेर ८ जना सांसद हुनुहुन्छ, उहाँहरुसँग पनि हामी संवादमा छौं।’

ती ८ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि सरकार जोगाइ राख्न थप ४ सांसदको साथ आवश्यक पर्छ। अहिलेकै अवस्थामा त्यो सम्भव देखिँदैन। 

किनभने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुले विश्वासको मत नदिने स्पष्ट भनिसकेका छन्। एकीकृत समाजवादी रोजिसकेका सदस्यहरुले पनि शाक्यलाई विश्वासको मत दिने स्थिति देखिँदैन। एमाले प्रदेश सभा सदस्य नेपालले विश्वासको मत प्राप्त नहुने स्थिति भए अन्तिममा राजीनामा पनि दिन सकिने बताए। तर, त्यसबारे आफ्नो पार्टीले अन्तिम निर्णय भने गरिनसकेको उनको भनाइ छ। 

नेपाल मजदुर किसान पार्टीका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले पनि मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे पार्टीले निर्णय गरिनसकेको बताए। ‘हिजो मात्र मुख्यमन्त्रीले विश्वासको मत लिने भन्ने कुरा जानकारी भएको छ,’ उनले भने, ‘यस विषयमा कुराकानी भएको छैन। पार्टीको निर्णय के हुन्छ, त्यसपछि मात्रै भन्न सकिन्छ।’

Xtrem

Xtrem

मुख्यमन्त्री छान्न गठबन्धन अन्योलमै
असोज २४ गते एमाले नेतृत्वको मुख्यमन्त्री शाक्यको सरकारले विश्वासको मत नपाएपछि नयाँ सरकार निर्माणको बाटो खुल्ने छ। तर, बागमतीमा गठबन्धनमा रहेका दलहरुमध्ये कसको नेतृत्वमा सरकार बनाउँने भन्ने निश्चित भइसकेको छैन। त्यसबारे गठबन्धनका दलहरुबीच भएको सहमति पनि सार्वजनिक भइसकेको छैन। 

बागमती प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आ–आफ्नो दाबी गरिरहेका छन्। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य छिरिङ्ग दोर्जे लामा बागमतीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने तय भइनसकेको बताउँछन्। 

‘अहिले नै तय भइसकेको छैन। तर, प्रदेश १ मा समाजवादीलाई दिने र बागमतीमा कांग्रेसले लिने भन्ने कुराकानी भइरहेको छ,’ उनले भने, ‘ शीर्ष नेताहरुले यस विषयमा छिट्टै निर्णय गर्लान्।’

नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले भने आफ्नो पार्टीकै नेतृत्वमा बागमतीमा सरकार निर्माण हुने बताए।

‘मैले सहमति भइसकेको भन्ने जानकारी पाएको छु। त्यसैले कुनै द्विविधा छैन,’ उनले भने, ‘शीर्ष नेताहरुकै बीचमा भएका बेला मेरो पार्टी अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्री तपाईं नै हो त्यही कुरो टुंगो भइसकेको छ भनेर भनिसक्नुभएको छ।’

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधार पनि बागमती र प्रदेश १ सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्ने पहिले नै समझदारी भइसकेको बताउँछन्। उनले त्यसमा कुनै दायाँबायाँ नहुने बताए। 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्