• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित, नयाँ मुख्यमन्त्री भने अनिश्चित 

64x64
बीपी अनमोल बिहीबार, असोज २१, २०७८  १४:१८
1140x725

काठमाडौं- गत भदौ २ गते प्रदेश सभामा नेकपा एमालेको एकल बहुमतका आधारमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले झण्डै दुई महिनापछि विश्वासको मत लिने भएकी छन्। 

असोज २४ मा बोलाइएको बागमती प्रदेश सभाको नवौं (हिउँदे) अधिवेशनमा उनले विश्वासको मत लिन लागेकी हुन्।

प्रदेश सभामा आफूले नेतृत्व गरेको दल (एमाले) विभाजन भएपछि त्यसको ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअनुसार असोज २५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी प्रावधानअनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन्। 

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेपनि अहिलेकै अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना भने देखिँदैन। बागमती प्रदेश सभामा रहेका दलहरुको अंकगणित हेर्दा शाक्य नेतृत्वको सरकारले विश्वासको मत पाउने अवस्था छैन। त्यसकारण विश्वासको मतका लागि अग्रसर भए पनि शाक्य नेतृत्वको एमाले सरकार ढल्ने निश्चित छ। 

बागमती प्रदेश सरकारका प्रवक्ता केशव पाण्डे भने विश्वासको मत सिद्ध गरेर सरकारलाई निरन्तरता दिइने दाबी गर्छन्। ‘हामीसँग ४३ जना प्रदेश सभा सदस्य हुनुहुन्छ। अरु दलसँग एकल बहुमत कसैसित छैन। एमाले अल्पमतमा छ, हामी बहुमतमा छौं भनेर उनीहरुले भन्ने अवस्था छैन,’ उनले भने, ‘कसले कसलाई समर्थन गर्छ भन्ने अन्तिममा देखिन्छ। गठबन्धनमा विवाद देखिइसकेको छ। केन्द्रमा देखिएको गठबन्धन तल पनि त्यही हुन्छ भन्ने निश्चित छैन। हामी सरकार टिकाउन प्रयासरत छौं।’

१०९ सदस्यीय बागमती प्रदेश सभामा शाक्यले विश्वासको मत पाउन ५५ जना सांसदको समर्थन जुटाउनुपर्छ। उनले नेतृत्व गरेको दल एमालेसँग ४३ जना मात्र प्रदेश सभा सदस्य छन्। प्रदेश सभामा गठबन्धनका दलहरुमध्ये नेपाली कांग्रेससँग २२, माओवादी केन्द्रसँग २३, नेकपा एकीकृत समाजवादीसँग १३ गरी ५८ सदस्य छन्। यो सरकार निर्माणका लागि पर्याप्त संख्या हो। गठबन्धनमा सामेल नरहेका विवेकशील साझाका ३, राप्रपा र नेमकिपाका २/२ र एक जना स्वतन्त्र सांसद छन्। गठबन्धन बाहिरका दलले साथ दिए पनि मुख्यमन्त्री शाक्यलाई थप ४ सांसद आवश्यक पर्छन्। 

नेपाली कांग्रेसका सांसद छिरिङ्ग दोर्जे लामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने सम्भावना नै नरहेको बताउँछन्। ‘उहाँको दलसँग बहुमत पुग्दैन, गठबन्धनमा रहेका दलहरुको समर्थन हुँदैन,’ उनले भने, ‘त्यसपछि उहाँले विश्वासको मतका लागि आवश्यक संख्या पुर्याउने अवस्था नै रहन्न।’

एमालेले भने आफ्नो नेतृत्वको सरकारलाई सहजै ढल्न नदिइने भन्दै सकेसम्म विश्वासको मत लिने प्रयास जारी राखिने जनाएको छ। एमाले केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अरुणप्रसाद नेपाल विश्वासको मतका लागि प्रयास गरिने बताउँछन्। 

Ncell 2
Ncell 2

‘सकेसम्म विश्वासको मत लिने प्रयास हुन्छ। आफ्नो मत पर्याप्त छैन भन्दैमा सहजै सरकार ढल्न दिने भन्ने हुँदैन, पार्टीले गर्ने प्रयत्न गरिरहेको छ,’ उनले भने, ‘गठबन्धनमा नरहेका दल र स्वतन्त्र गरेर ८ जना सांसद हुनुहुन्छ, उहाँहरुसँग पनि हामी संवादमा छौं।’

ती ८ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि सरकार जोगाइ राख्न थप ४ सांसदको साथ आवश्यक पर्छ। अहिलेकै अवस्थामा त्यो सम्भव देखिँदैन। 

किनभने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुले विश्वासको मत नदिने स्पष्ट भनिसकेका छन्। एकीकृत समाजवादी रोजिसकेका सदस्यहरुले पनि शाक्यलाई विश्वासको मत दिने स्थिति देखिँदैन। एमाले प्रदेश सभा सदस्य नेपालले विश्वासको मत प्राप्त नहुने स्थिति भए अन्तिममा राजीनामा पनि दिन सकिने बताए। तर, त्यसबारे आफ्नो पार्टीले अन्तिम निर्णय भने गरिनसकेको उनको भनाइ छ। 

नेपाल मजदुर किसान पार्टीका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले पनि मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे पार्टीले निर्णय गरिनसकेको बताए। ‘हिजो मात्र मुख्यमन्त्रीले विश्वासको मत लिने भन्ने कुरा जानकारी भएको छ,’ उनले भने, ‘यस विषयमा कुराकानी भएको छैन। पार्टीको निर्णय के हुन्छ, त्यसपछि मात्रै भन्न सकिन्छ।’

मुख्यमन्त्री छान्न गठबन्धन अन्योलमै
असोज २४ गते एमाले नेतृत्वको मुख्यमन्त्री शाक्यको सरकारले विश्वासको मत नपाएपछि नयाँ सरकार निर्माणको बाटो खुल्ने छ। तर, बागमतीमा गठबन्धनमा रहेका दलहरुमध्ये कसको नेतृत्वमा सरकार बनाउँने भन्ने निश्चित भइसकेको छैन। त्यसबारे गठबन्धनका दलहरुबीच भएको सहमति पनि सार्वजनिक भइसकेको छैन। 

बागमती प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आ–आफ्नो दाबी गरिरहेका छन्। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य छिरिङ्ग दोर्जे लामा बागमतीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने तय भइनसकेको बताउँछन्। 

‘अहिले नै तय भइसकेको छैन। तर, प्रदेश १ मा समाजवादीलाई दिने र बागमतीमा कांग्रेसले लिने भन्ने कुराकानी भइरहेको छ,’ उनले भने, ‘ शीर्ष नेताहरुले यस विषयमा छिट्टै निर्णय गर्लान्।’

नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले भने आफ्नो पार्टीकै नेतृत्वमा बागमतीमा सरकार निर्माण हुने बताए।

‘मैले सहमति भइसकेको भन्ने जानकारी पाएको छु। त्यसैले कुनै द्विविधा छैन,’ उनले भने, ‘शीर्ष नेताहरुकै बीचमा भएका बेला मेरो पार्टी अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्री तपाईं नै हो त्यही कुरो टुंगो भइसकेको छ भनेर भनिसक्नुभएको छ।’

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधार पनि बागमती र प्रदेश १ सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्ने पहिले नै समझदारी भइसकेको बताउँछन्। उनले त्यसमा कुनै दायाँबायाँ नहुने बताए। 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
रिहा भएपछि दुर्गा प्रसाईँले भने–प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्... आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो च... आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सुनको मूल्य घट्यो सोमबार, मंसिर ८, २०८२
जनकपुरधाममा विवाहोत्सवको अघिल्लो दिन आज ‘मटकोर’ सोमबार, मंसिर ८, २०८२
प्रधानमन्त्री कार्की स्वकीय सचिव श्रेष्ठले गरे पदको दुरुपयोग- खुवाए परिवारका सदस्य तथा नातेदारहरुलाई जागिर सोमबार, मंसिर ८, २०८२
एनपीएलमा आज आज दुई खेल हुँदै सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्