काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतरले जिल्ला सभापतिमा थप एक स्थानमा जित हासिल गर्ने भएको छ।
दोस्रो चरणको मतदानमा प्रवेश गरेको बाजुरा अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रामसिंह रावल विजयी हुने सम्भावना बढेको छ। पहिलो चरणको मतदानमा तीन प्रतिस्पर्धमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नकटाएपछि बिहीबार चुनाव हुँदैछ।
कविराज पण्डितले ४८९, रामसिंह रावलले ४७४ र चक्र शाह १५२ मत ल्याएका थिए। पण्डित संस्थापन पक्षका हुन्। दोस्रो कार्यकाल दोहोरिन खोजेका उनलाई अर्को पक्षले कडा चुनौती दिएको छ।
दोस्रो स्थानमा रहेका रावललाई तेस्रो स्थानमा मत ल्याएका शाहले समर्थन गर्ने भएका छन्। शाहको साथ पाएसँगै रावलले जिल्ला सभापति जित्ने करिब निश्चित भएको छ। दोस्रो चरणका लागि दिउँसो १ बजे मतदान सुरु हुने बताइएको छ।
हालसम्म जिल्ला अधिवेशन सकिएका १० जिल्लामध्ये पौडेल पक्षबाट ६ जनाले जित निकालेका छन्। बाजुरामा रावलले जितेसँगै पौडेल पक्षका जिल्ला सभापतिको संख्या सात पुग्नेछ।
संस्थापन पक्षको दबदबा रहेको भनिँदै आएको बाजुरामा उक्त समूहले पदाधिकारीका अन्य पदमा पराजय भोग्नु परेको छ। पदाधिकारीमा देउवा समूहका एक जनाले सहसचिवमा जितेका छन्।
उपसभापतिद्वयमा पदम बडुवाल र नारायण पाध्याय विजयी भएका छन्। बडुवाल वरिष्ठ नेता पौडेल पक्षका हुन्। पदाधिकारीका अन्य पदमा कृष्णप्रसाद सिटौला पक्षका विजयी भएका छन्। सचिवमा भरत रोकाया र तिलक पुरी निर्वाचित भएका छन्। सहसचिवमा कृष्णराज पाध्याय र प्रकाश रावल विजयी भए।
पदाधिकारीमा प्राप्त मत :
उपसभापति :
पदम बडुवाल ७५६- विजयी
नारायण पाध्याय ७४८- विजयी
शेरबहादुर खाति ४३२
सचिव :
भरत रोकाया ५१४- विजयी
तिलक पुरी ५६५- विजयी
शिव बोहोरा ४१५
रणसिंह ऐडी ४४२
राजेन्द्र शाह बीपी १२७
सहसचिव
किष्णराज पाध्याय ४६६- विजयी
प्रकाश रावल ३६४- विजयी
मीन भण्डारी ३१५
मोहसिह कार्की २३३
सुरेन्द्र सिह ३८०
धन रावत १६६
नन्द रावत ९१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।