काठमाडौं– नेपाली कांग्रेस कीर्तिपुर नगरपालिकाको सभापतिमा कृष्णमान डंगोल चुनिएका छन्। बुधवार सम्पन्न नगर अधिवेशनबाट उनी सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन्। सभापति डंगोल प्रकाशमान सिंहनिकट नेता हुन्।
अधिवेशनबाट सभापतिसहित अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका हुन्। नगर निर्वाचन समितिले दिएको जानकारी अनुसार उपसभापतिमा राजिता महर्जन गौतम र सुदन बस्नेत चयन भएका छन्। त्यसैगरी सचिवमा किरण केसी र इच्छा महर्जन चुनिएको समितिले जनाएको छ।
नगरको सहसचिव सूर्यकान्त कोइराला र सानुमैया महर्जन तथा कोषाध्यक्षमा पवित्रा विष्ट सर्वसम्मत रुपमा चयन भएका हुन्। अन्य २० जना सदस्यसमेत निर्विरोध चयन गरिएको निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।