काठमाडौं– गोरखा कांग्रेसमा नयाँ कार्यसमिति चयन भएको छ। जिल्ला अधिवेशनले नयाँ कार्यसमिति बनाएको हो।
जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मतिमा चयन भएका थिए। अन्य पदाधिकारीको भने मतदानमार्फत् टुंगो लगाइएको हो।
बुधबार भएको मतगणनाबाट उपसभापतिमा धिरन थापा र इमान सिंह चयन भएका छन्। उपसभापतिका लागि पाँच जनाको प्रतिस्पर्धा भएको थियो।
दुई सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा निर्वाचित भएका छन्। सहसचिवमा लुथनाथ लामिछाने र गंगाप्रसाद चयन भएका छन्। सहसचिवमा पनि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो। सहसचिव पदका लागि आठ जनाले प्रतिस्पर्धा गरेका थिए।
गोरखामा निर्वाचित भएका अधिकांश पदाधिकारी नेता गगन थापानिकट रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।