• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् अवरोध निरन्तर : सत्तापक्ष र सभामुख गम्भीर भएनन्, प्रतिपक्ष पनि लचिलो भएन

64x64
बीपी अनमोल बुधबार, असोज २०, २०७८  २१:३२
1140x725

काठमाडौं- साउन ३२ गते सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेर भोलिपल्ट राजनीतिक दल सम्बन्धी अध्यादेश सिफारिस गर्‍यो। भदौ २ मा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरिन्। अध्यादेशमा रहेको दल विभाजनको खुकुलो प्रावधानलाई टेकेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसमक्ष निवेदन दिए। परिणामतः भदौ ९ मा नेकपा एकीकृत समाजवादी दर्ता भयो।

सरकारले नेकपा एमाले विभाजनका लागि नै अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित छ। अर्कोतिर, आफ्नो दल विभाजनका लागि अध्यादेश ल्याइएपछि एमालेले हतारहतार आफ्ना १४ जना सांसद्लाई निष्कासन गर्‍यो र संसद् सचिवालयलाई जानकारी गरायो। तर, सभामुख अग्निप्रसाद सापकोटाले 'हतारहतार' सूचना टाँस नगरिदिएका कारण नेपाल पक्षले नयाँ दल दर्ता गर्ने समय पायो। जसले गर्दा एमाले थप मर्माहत भयो। उसले सभामुखलाई एमाले विभाजनको मतियार भएको बताइरहेको छ।

आक्रोशकै कारण भदौ २३ गतेदेखि सुरु संसद्को नवौं अधिवेशनका सबै जसो बैठकमा एमाले अवरोध छ। सरकारले प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्दै कतिपय बिजनेसलाई अगाडि बढायो। जसले गर्दा प्रमुख प्रतिपक्षी एमालेसँगको सम्बन्ध झनै तिक्त बनेको छ।

अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दूतका रुपमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न पठाए। तर, प्रतिपक्षी दलको अडान कायमै छ। परिणामतः संसद् अवरोध पनि कायमै छ।

यसबीचमा सदनको गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री र सभामुखले छुट्टाछुट्टै सर्वदलीय बैठकसमेत आह्वान गरेका थिए। तर, ती बैठकमा एमाले सहभागी भएन। नेकपा एकीकृत समाजवादीसमेत सहभागी हुने बैठकमा आफू सहभागी नहुने एमालेको अडान छ।

बरु प्रधानमन्त्री र सभामुखसँग छुट्टै छलफल खोजिरहेको छ। ‘हामीले जे माग अघि सारिरहेका छौं। त्यही विषयमा छलफल गर्न हामीले स्वीकार नगरेको दललाई पनि बोलाएपछि हामी उपस्थित हुने कुरो नै हुँदैन’, एमालेका एक शीर्ष नेता भन्छन्, ‘प्रतिपक्षीदलसँग वार्ता नै गर्ने उद्देश्यले उहाँहरुले समन्वय गरे त हामी वार्ताका लागि तयार नै छौं नि।’

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीसँग गम्भीर रुपमा संवाद गर्न नचाहेको एमालेको नेताहरुको बुझाइ छ। तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा भने आफूहरुले संवादको प्रयास गरे पनि एमालेको पहिलो माग नै सम्बोधन गर्न सक्ने स्थिति नदेखिएको बताउँछन्।

‘कांग्रेस सत्तामा बसेको बेला कम्युनिस्ट पार्टी विपक्षी छ। निरन्तर अवरोध पनि भइरहेकाले यसलाई समाधान गरौं भनेर लागेको हो’, उनी भन्छन्, ‘प्रतिपक्षको पहिलो माग नै अत्यन्तै 'टफ' भयो। सभामुखको राजीनामा गर्नुपर्ने र बदल्नुपर्ने भन्ने माग रह्यो। त्यो सम्भव हुने अवस्था रहेन।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिपक्षलाई केही दिन 'कुल डाउन' हुन दिने र त्यसपछि उसले नै विकल्प खोज्ला भन्ने आफूहरुको बुझाइ रहेको उनी बताउँछन्। सभामुखको सन्दर्भमा राखिएको 'पोजिसन' बाहेक अन्य विषयमा छलफल र सहमति गर्न आफूहरु तयार रहेको उनको भनाइ छ।

एमाले पनि आफूहरुको माग सम्बोधन नभएसम्म निरन्तर संसद् अवरोध गर्ने रणनीतिमै छ। एमाले सचिव प्रदीप ज्ञवालीले सभामुखले आफ्नो गल्ती नसच्चाएसम्म संसद्‌मा अवरोध जारी रहने बताए। ‘उहाँले जबसम्म सदनको साझा नेताका रुपमा आफ्नो इमेजलाई सुधार्नु हुन्न, त्यतिञ्जेलसम्म हाम्रो अवरोध जारी नै हुन्छ’, नेपाल लाइभसँग उनले भने।

सभामुखले दोहोरो मापदण्ड अपनाएको एमालेको आरोप छ। तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी र नेकपा माओवादी केन्द्रका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहको हकमा सम्बन्धित दलको सिफारिसका आधारमा तत्कालै सभामुखले सूचना टाँस गरेका थिए। तर, एमालेका सन्दर्भमा भने ढिला गरिदिएका थिए।

पूर्वसभामुख दमननाथ ढुंगाना सहज रुपमा संसद् सञ्चालन गर्ने जिम्मेवारी सबैको भएको र उनीहरू सबै गलत रहेको बताउँछन्। ‘जिम्मेवारी सबैको हो। यो समस्या कहाँबाट सुरु भयो भन्ने मात्र हो', उनले भने, ‘सभामुखले पहिले माओवादीका सांसदलाई कारबाही गरेको सूचना टास्नु भयो, त्यहाँबाट गल्ती भएको छ।’

Xtrem

Xtrem

सभामुखले त्यसबेला नै संविधान, कानुन र प्राकृतिक न्यायको सिद्धान्तभन्दा पनि पार्टीको आदेश मानेको देखिएको ढुंगानाको भनाइ छ। ‘सभामुख माओवादी पार्टीको जस्तो देखियो। त्यसले एमालेलाई आधार दिइरहेको छ', उनले भने, ‘कुनै पनि गलत कामको पछाडि प्रेरित गर्ने एउटा कारण हुन्छ। ठीक कि बेठीक भन्ने।’

उनले अहिले एमालेले गरिरहेको अवरोध गलत भए पनि त्यसका पछाडिको कारण भने सभामुखले अरुको सदस्यता खारेज गर्दिएबाट भएको बताए। ‘सभामुखले कुनै पनि पार्टीले फलानोको सदस्यता खारेज गर्देऊ भनेर पार्टीको पत्रबाट खारेज गर्न मिल्दैन', उनले भने, ‘यसमा पनि उहाँको दोहोरो मापदण्ड देखियो यसअघिको र एमालेको हकमा।’

सत्तापक्ष, सभामुख र प्रतिपक्ष तीनवटैले संसद्लाई सहज रुपमा सञ्चालन गर्नुपर्ने भए पनि कसैले पनि उत्तरदायित्व नलिएको ढुंगानाको बुझाइ छ। एमालेले पनि जनमतको कदर नगरेर निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको उनी बताउँछन्।

सहज रुपमा संसद सञ्चालन हुन नसक्दा सरकारले महत्त्वपूर्ण विधेयक टेबुल गर्न सकेको छैन। जनताका प्रतिनिधिहरुको सर्वोच्च थलोका रुपमा रहेको संसद्‌मा जनप्रतिनिधिहरुले आफ्ना मुद्दाहरु उठाउन र सरकारको ध्यानाकर्षण गराउन पाइरहेका छैनन्।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव रोजनाथ पाण्डे संघीय संसद्‌मा लामो समयदेखि थाति रहेका ५५ वटा बिलहरुको निकास निस्कन नसकेको बताउँछन्। संघीय संसद्‌बाट पार लगाउनुपर्ने बिलको निकास निस्कन नसक्दा त्यसले संघीयता कार्यान्वयन, राज्यको पुनःसंरचनामा असर पुर्‍याइरहेको उनको भनाइ छ।

'प्रहरी ऐन, संघीय निजामती ऐनहरु निर्माण गर्न ढिलाइ भइरहेको देखिन्छ', उनले भने, ‘यो विधेयक अधिवेशन पनि भएको हुनाले अहिले चलिरहेको अधिवेशनमा यी विषयले निरन्तरता पाउनुपर्ने हो। तर, त्यो भइरहेको छैन।’

राजनीतिक सहमति नभएको अवस्थाले नकारात्मक अवस्था सिर्जना भएको उनी बताउँछन्। ‘आसन्न निर्वाचन पनि नजिक भइरहेका बेला स्थानीय, प्रदेश र संघमा कर्मचारीहरुको पनि खटनपटन हुनुपर्ने हो', उनले भने, ‘त्यो मुद्दा नै अहिले टुंगिन सकेको छैन। समायोजन राम्रोसँग भएको छैन।’

संघीय निजामती ऐन आएको भए त्यसले एउटा निकास दिन सक्थ्यो तर त्यो पनि हुन नसकेको उनी बताउँछन्। ‘नागरिकता लगायतका विधेयक पनि रोकिँदा धेरै युवाहरुले नागरिकता नपाएर आफ्नो रोजगारी लगायत अरु काममा जान पाउने अवस्था बनेको छैन', उनले भने, ‘त्यसैले यसको असर धेरै देखिन्छ।’ 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्