काठमाडौं- नेपालको हिमाली भेगको स्वादमा 'सारङ्गी' ब्राण्डको मदिरा नेपाली बजारमा आएको छ। नेचुरल स्पिरिट्स नेपालले उक्त ब्राण्डको मदिरा बजारमा ल्याएको हो।
'एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रियस्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ। बडादशैंको पूर्वसन्ध्यामा नेपाली उपभोक्ताहरुका लागि यो विशिष्ट उपहार हुनसक्छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रिमयम ब्लेण्ड गरिएको यो माल्ट मदिरामा ३४.४४ प्रतिशत भीभी अल्कोहलको मात्रा रहेको कम्पनीले जनाएको छ। परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको कम्पनीको भनाइ छ।
नेपाली बजारमा सारङ्गी ७५०, ३७५ र १८० मिलि प्याकमा उपलब्ध रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।