काठमाडौं- ओपोले लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसिप २०२१ (एस ११)को प्रायोजनका लागि रायोट गेम्ससँग साझेदारी घोषणा गरेको छ।
यो साझेदारी ओपोले सन् २०१९ देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश भएको कम्पनीले जानकारी दिएको छ। यस साझेदारीले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरुमाझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउने कम्पनीको विश्वास छ।
'यस वर्ष ओपोले फाइनलमा अद्वितीय प्रदर्शनीमार्फत् ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलिडीहरुलाई मस्ट भ्याल्युएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ। साथै, ओपोले आफ्ना दर्शक तथा स्रोतामाझ गेमिङ हाइलाइट्स तथा व्यावसायिक खेलाडी तथा टिमहरुका अन्तर्वार्ता पनि प्रस्तुत गर्नेछ। यसले दर्शक-स्रोतालाई फाइनल गेमतिरको प्रगति र व्यावसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ,' कम्पनीद्वारा जारी दिज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।