काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा अधिवेशनका क्रममा झडप भएको छ।
जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मंगलबार मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको बताए। उक्त घटनामा एक जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए। घाइते प्रहरीको अवस्था समान्यरहेको उनको भनाइ छ।
प्रहरीले केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। राति नै मतगणना गर्ने तयारी गरिएको भए पनि झडपपछि अनिश्चित बनेको प्रवक्ता रौलेले बताए।
कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ। जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।