काठमाडौं- एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ।
शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ। एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता अभिनेता शाहले व्यक्त गरे।
'अभिनेता शाहलाई एनएमबि बैंक परिवारमा ब्राण्ड एम्बेसडरको रुपमा अफिसियल्ली स्वागत गर्न पाउँदा बैंक खुसी छ। जसरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसरी नै एनएमबि बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आइरहेको छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकले देशभर १८१ शाखा, १३७ एटीएम र नौ वटा एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।