काठमाडौं- डिस मिडिया नेटवर्क लिमिटेडको डिसहोम फाइबर नेटले ग्राहकलाई सबैभन्दा कम मूल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले मासिक ८९९ रुपैयाँमा १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने जनाएको छ। साथै पाँच जी ड्युल ब्याण्ड राउटरसमेत यसैमा उपलब्ध गराइने कम्पनीको भनाइ छ।
विगत ११ वर्षदेखि पे टिभी सेवा प्रदान गर्दै आएको कम्पनीले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ। इन्टरनेट वितरणको सुरुआती चरणमा नै गुणस्तरीय र उत्कृष्ट सेवामार्फत् उल्लेख्य ग्राहकहरुको रोजाइमा डिसहोम फाइबरनेट पर्न सफल भएको कम्पनीको दाबी छ।
कम्पनीले यही असोज ११ गतेदेखि 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना सञ्चालनमा ल्याएको हो। यस योजनाअन्तर्गत १०० एमबीपीएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौकासमेत ग्राहकहरुले प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। डिसहोम फाइबरनेटको नयाँ जडान लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन्।
स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनोट लक्की ड्रमार्फत् गरिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।