काठमाडौं- नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भइ बचत जम्मा गराउनेसम्बन्धी सम्झौता भएको छ।
उक्त प्रयोजनसम्बन्धी समझदारीपत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सोमबार हस्ताक्षर गरेका हुन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउन ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सयोगमा कोष र रेमिट्यान्स कम्पनीहरुको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो।
उक्त सफ्टवेयरको निर्माणसँगै आईएमईसँग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्नसक्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरेलगायत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।