काठमाडौं- स्मार्ट फोन निर्माता कम्पनी भीभोले नयाँ स्मार्ट फोन ब्राण्ड 'भीभो वाई २१' आजदेखि नेपाली बाजारमा भित्र्याएको छ। भीभो वाई सिरिजको यो पछिल्लो स्मार्ट फोन हो।
बजारमा आएको यो स्मार्ट फोनको सुपर स्लिम वडीका साथै ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जर रहेको कम्पनीले जनाएको छ। 'पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरुका लागि यो अति उपयोगी छ। यसको विशेषता स्ट्रङ मेमोरी र आकर्षक डिजाइन हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्स भन्छन्, 'भीभो वाई सिरिज सबै क्षेत्रका ग्राहकहरुमा पूर्ण परिचित हुनुका साथै अत्यन्त मन पराइने स्मार्ट फोनमा पर्दछ। हामीले बजारको व्यापक अध्ययन अनुसन्धान गरी ग्राहकहरुलाई उपयोगी र मनपर्ने डिजाइनमा उत्पादन गरेका छौं।'
नयाँ उत्पादन वाई २१ आकर्षक डिजाइनसहित भरपर्दो सेवा दिनसक्ने गरी बनाइएको उनले बताए। 'यसका डिजाइनहरुमा ८.० एमएम स्लिम बडीमा छ, जुन मूल्य अनुपातमा अक्ति उपयोगी छ। वाई २० को पूर्ण सफलतापछि वाई २१ नेपाली बजारमा ल्याइएको हो,' उनले भने।
वाई २१ स्मार्ट फोन मेटालिक क्यु र डाइमण्ड ग्लो कलरमा उपलब्ध हुने जानकारी दिइएको छ। असोज १९ (आज) देखि नेपाली बजारमा यो फोन खरिद गर्न सकिनेछ। हाल यसको मूल्य प्रतिसेट २२ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।