काठमाडौं- आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन्।
जसमा ९ आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्र मार्फत् ९ जना भाग्यशाली विजेता बन्नेछन्।
आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ। जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ।
ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्तमूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्नेछन्।
आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ। प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन्। ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामानखरिद गर्न सक्नेछन्।
ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिनाअवधिको किस्ताबन्दीमा सामानखरिद गर्न सक्नेछन्। ग्राहकले माछापुछ्रे ,नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स इन्टरनेशनल, मेगा बैंक, सानिमा ग्लोबल आइएमई, एनएमबि, सनराइज, नबिल, एनआइसी एशिया, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डौं, उपास्ना वहुउद्येश्यीय सहकारीबाट किस्ताबन्दीमा सामानखरिद गर्न सक्नेछन्।
सामसुङको फेस्टिभ अफर कार्तिक १७, २०७८ सम्म लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।