काठमाडौं- कोकाकोलाले नेपालमा पहिलोपटक आफ्नो 'सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट' जारी गरेको छ। यस रिपोर्टले सन् २०२० मा समावेशी, दिगो र उज्ज्वल भविष्यका लागि कम्पनीले गरेका प्रयासहरुलाई उजागर गरेको छ।
'रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड-१९ को बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पुर्याएको देखाएको छ, जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'जसरी कोकाकोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै गइरहेको छ, यसले संयुक्त राष्ट्रसंघसँगको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ।
कोकाकोला कम्पनीका नेपालस्थित कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोकाकोलाको प्रणालीले व्यापार वृद्धि गर्नका लागि दिगोपनलाई एक सर्तको रुपमा लिएको बताए। '१९७३ देखि हामी कोकाकोलालाई हरेक नेपालीहरुको रिफ्रेसमेन्टको पहिलो रोजाइको बनाउने व्यवसायमा अघि बढेका छौं। ४० वर्षभन्दा बढी समयदेखि हामीले एक कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसायको निर्माण गर्नका लागि प्रयास गरिरहेका छौँ,' उनले भने।
कम्पनीले राष्ट्रको लागि पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको बताइएको छ। नेपालमा कोकाकोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको कम्पनीको दाबी छ। जसमा रेन वाटर हार्वेस्टिङ, ग्राउन्डवाटर रिचार्ज र वाटरएड र स्मार्ट पानीसँगको वाटरशेड पुनःस्थापना साझेदारीजस्ता परियोजनाहरु रहेको बताइएको छ। 'यसको अर्थ कोकाकोलाले पेयपदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाका लागि नेपालभरिका समुदायहरुलाई दोब्बर पानी फिर्ता दिनेछ,' कम्पनीले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।