काठमाडौं- नेपाल ल्युब आयल लिमिटेडले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको ३०औं वार्षिक साधारणसभाले ३० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कोभिड-१९ महामारीको बावजुद पनि कम्पनीले नाफामा उल्लेखनीय वृद्ध गरेकोले उच्च लाभांश पारित गरिएको कम्पनीको भनाइ छ। साधारणसभा भर्चुअल तथा भौतिक उपस्थिति (आंशिक)मा सञ्चालन गरिएको थियो।
'१५ वर्ष पहिले हामीले कम्पनीको भविष्यमा शंका गरेका थियौं, तर विगत ६-७ वर्षदेखि कम्पनीले राम्रो लाभांश वितरण गरिरहेको छ र यस वर्ष कम्पनीले ३५ प्रतिशतको उच्च लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो नेपालको कुनै पनि कम्पनीले देखाएको उत्कृष्ट प्रदर्शन हो, त्यसमा पनि निजीकरण गरिएका कम्पनी र अन्य कम्पनीहरुले पनि व्यापार व्यवसाय स्वच्छ रुपमा कसरी गर्ने र कम्पनी कसरी चलाउने भनेर नेपाल ल्युव आयल लिमिटेडका पदाधिकारीबाट सिक्न सक्दछन भनेर नमूना उद्योगको रुपमा स्थापित गर्न सफल भएका छौं,' कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले भने।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।