काठमाडौं– नेपालका लागि हुन्डाई कम्पनीका गाडीको आधिकारिक विक्रेता लक्ष्मी समूहले नेपालमा नम्वर १ हुनुमा आफूहरुले ग्राहकप्रति गरेकोसेवा भएको दावी गरेको छ।
समूहका हेड अफ सेल्स एण्ड विजनेश अपरेसन दीपक थपलियाले नेपालमा कोरोना प्रभावका कारण बजार खस्केको भएपछि त्यसको रिकभर भने सोचेभन्दा छिटो भएको दावी गरे।
कोरोनाको पहिलो र दोस्रो लहरका कारण देश ठप्प हुँदा अन्य व्यवसाय जस्तै अटो क्षेत्रमा पनि प्रभाव परे पनि अन्य व्यवसायभन्दा छिटो रिकभर भएको उनले दावी गरे। विश्व बजासमा मन्दी आएका कारण नेपालमा पनि कार खरिद विक्रीमा स्वाभाविक रुपमा असर परे पनि ठूलोमात्रमा नोक्सानी भोग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
हुन्डाई ग्राहकको पहिलो रोजाइमा पर्नुको कारण आफूहरुको कार विक्री गर्ने मात्र नभई सेवा पनि दिने सोचका कारण भएको उनले दावी गरे। हुन्डाईले देशभर र हाइवेमा सेवा विस्तार गरि आफ्ना ग्राहकलाई सेवा दिएको उनले दावी गरे।
दशैंतिहारलगायत चाड पर्वमा कार बुकिङ धेरै भए पनि पाउन मुस्किल भइरहेको कुरा स्वीकार गर्दै उनले ग्राहकहरुको आवश्यकता अनुसार बुकिङ र वितरणमा आफूहरुले सन्तुलन कायम गरिरहेको उनले बताए।
दशैंलक्षित गरेर आफूहरुले विभिन्न अफरसमेत ल्याएको उनले जानकारी दिए। हुन्डाईको वम्पर अफरअन्र्तगत आइ १० कार देखि नगद छुटसम्मका योजना रहेको उनले बताए।
त्यस्तै एक वर्षसम्म रोड कर र अन्य सुविधा पनि योजनाअन्तर्गत पाइने जानकारी दिए। वजारमा इलेट्रिक र अन्य कार विक्री गरिरहेको लक्ष्मी ग्रुपले व्यापारभन्दा पनि सेवा गर्ने अनि नाफा कमाउने योजना अनुसार काम गरेकाले सफल भएको उनको दावी छ। ग्राहकको सन्तुष्टि पहिला अनि व्यापार संस्थाको मुख्य उद्देश्य भएको थपलियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।