काठमाडौं- कमलपोखरीमा रहेको सिटी सेन्टरले दसैं-तिहारलक्षित योजना सार्वजनिक गरेको छ। सपिङ मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो।
किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ। असोज १६ गतेदेखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो-कसैले यो योजनामा सामेल हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ।
सपिङ मलमा आउने ग्राहकलाई दैनिक लक्की ड्र, सपिङ भौचरका साथै साप्ताहिक लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने जनाइएको छ। लक्की ड्रको कुपनमार्फत् विजेताका लागि चितवन, पोखरालगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने जनाएको छ।
यसबाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रिलगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्ने छन्।
यो योजना आगामी कात्तिक २४ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।