• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ती हँसमुख रेफ्री नफर्किने गरी ढले

64x64
दीप सुवेदी सोमबार, असोज १८, २०७८  २१:१०
1140x725

काठमाडौं– फुटबल मैदानमा खेलाडीहरुले कला मात्र होइन शारीरिक बल पनि प्रयोग गरिरहेका हुन्छन्। कहिले त हात हालाहालकै अवस्था आउँछ। यस्तो बेला रेफ्रीको भूमिका निकै महत्वपूर्ण हुन्छ।

लव खत्रीले झन्डै तीन दशक फुटबल रेफ्रीको भूमिका निभाए। यति लामो अवधिमा पनि उनी विवादमा परेनन्। यस अर्थमा उनलाई अपवाद नै भने पनि हुन्छ। यसको कारण थियो, हँसमुख स्वभाव र निखारिएको निर्णय।

खत्री भन्थे– ‘खेलमा एक न एक पक्षले त अपजस लगाइहाल्छ। तर, रेफ्री तटस्थ हुनुपर्छ। धेरै खेल खेलाएँ। कति त झगडा नै गर्थे। यद्यपि, मेरो रेफ्री करिअरमा विवाद भएको थाहा छैन।’ यिनै विवादरहित रेफ्रीले सोमबार संसारबाट बिदा लिएका छन्। 

‘मर्निङ वाक’ गरेर फर्किएपछि खत्री नुहाउनका लागि बाथरुम पसेका थिए। तर, बाथरुममै चिप्लिए र भुईंमा बजारिन पुगे। टाउकोमा चोट लागेपछि उनी अचेत भए। परिवारले तत्कालै नख्खुस्थित मेडिसिटी अस्पताल पुर्‍याए। तर, अस्पतालले त्यहाँ पुर्‍याउने बित्तिकै मृत घोषणा गरेको ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले बताए। 

खत्रीलाई सानै उमेरदेखि फुटबलप्रति मोह थियो। विद्यालय र गाउँघरतिर फुटबल खेल्दा नै उनले गतिलो खेलाडी बन्ने संकेत दिएका थिए। त्यही क्रममा उनले हेल्गर ओभरम्यानको यू–१६ टिममार्फत फुटबलसँग व्यावसायिक नाता जोडेका थिए। 

त्यसपछि २०४६ सालमा कक्षा ९ मा पढ्दैगर्दा ‘ए’ डिभिजन क्लबबाट खेल्ने मौका पाए। उनले त्यसअघि नै राष्ट्रिय टोलीबाट खेल्ने सपना देखिसकेका थिए। त्यसैले उनले ‘ए’ डिभिजन लिग खेल्ने प्रस्ताव स्वीकार गरे।

तर, गाउँघर र शहरको फुटबलको वातावरण धेरै फरक थियो। त्यसैले मैदानमा जम्न उनले निकै मिहिनेत गरे। तर, राष्ट्रिय जर्सीमा फुटबल खेल्ने उनको इच्छा भने पूरा भएन। कहिले सिनियर खेलाडीको छायाँ त कहिले बिग्रँदो फमका कारण उनी घरेलु प्रतियोगिताबाट माथि उठ्न सकेनन्। 

उनले एक दशक विभिन्न क्लबबाट फुटबल खेले। फ्रेन्डस् क्लब, जाउलाखेल युथ क्लब, बिग्रेड ब्वाइज क्लब र थ्री स्टार क्लबको जर्सीमा उनी मैदानमा उत्रिए। खेलाडीको रुपमा धेरै चर्चा नमिले पनि फुटबलको विकल्प सोचेनन्। बरु आफूलाई सुधार्ने प्रयास गर्दै गए। यसकै प्रतिफल थियो ‘सिलिगुडी लिग।’

Ncell 2
Ncell 2
nimb
nimb

उनी २०५५ सालतिर यो लिग खेल्न भारतको सिलिगुडी पुगे। केही समय फुटबल खेलेर मैदानबाटै बिदा लिन चाहन्थे। तर, जीवन सोचेजस्तो कहाँ हुन्छ र? कहिलेकाहीँ नसोचेको घटना हुन्छ। सिलिगुडी लिगमा देशबन्धु क्लबको जर्सीमा मैदान उत्रिएका उनको अन्तिम प्रतियोगिता त्यही भयो। त्यहाँ दुई खेल मात्र खेले। ‘दोस्रो खेलको लास्ट म्याचतिर होला उनको देब्रे खुट्टामा चोट लाग्यो’, मिश्र भन्छन्, ‘त्यसपछि खेलाडीका रूपमा उनी कहिल्यै मैदान फर्किएनन्।’

यही चोटका कारण उनको जीवनको बाटो बदलियो। 

चोट बोकेर काठमाडौं फर्किएका उनलाई चिकित्सकले फेरि मैदान नफर्किने सल्लाह दिए। खेल जीवनको अन्त्यतिर भए पनि उनलाई राष्ट्रिय जर्सीमा देखिनु थियो। तर, त्यो संभव थिएन। मैदानप्रति उनको मोह भने उस्तै थियो। त्यसैले खेलाडीको रुपमा नभए पनि उनी केही समयपछि रेफ्रीको रुपमा मैदान फर्किए। त्यसपछि सुरु भयो, उनको जीवनको दोस्रो हाफ। 

उनी बेलाबखत सुनाउँथे– रेफ्री हुन पनि मलाई सानैबाट इच्छा थियो। त्यसैले रेफ्री बन्ने निर्णयमा पुगेँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लवले सन् २००५ मा बांगलादेशमा ‘दक्षिण एसियाली यु-१४ फुटबल फेस्टिभल’ खेलाएर रेफ्रीका रूपमा अन्तर्राष्ट्रिय करिअर सुरु गरे। त्यही प्रतियोगिताका बेला उनले एसियाली फुटबल महासंघ (एएफसी) को रेफ्री कोर्स गर्ने मौका पाए। घाइते भएको तीन वर्षमा उनी नयाँ उत्साहका साथ रेफ्री बनेर मैदानमा उत्रिए। 

उनले घरेलु फुटबलको रेफ्री जीवन भने ‘सी’ डिभिजनको खेलबाट सुरु गरे। तर, परिपक्व निर्णय क्षमताका कारण उनी चर्चामा रहे। तत्काल ठीक निर्णय गर्नसक्ने क्षमताका कारण वरिष्ठ रेफ्रीहरुलाई लाइनमा झन्डा उठाउन दिँदा उनी मैदानमा सिटी फुकिरहेका हुन्थे।

उनले कुनै दिन भनेका थिए, ‘पहिला त क्लबस्तरीय खेलहरूमा धेरै झगडा हुन्थ्यो। तर, मैले ९० मिनेट सहजै खेलाएको देख्दा सिनियर रेफ्रीहरुले स्याबास् भन्नुहुन्थ्यो। त्यसपछि झन् मलाई जोश आयो। अनि करिअरमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन।’ उनले पाएको सफलता लोभलाग्दो भएको मिश्र बताउँछन्।

‘सी’ डिभिजनमा पाएको सफलतापछि २०६० सालमा उनलाई ‘ए’ डिभिजनको खेल खेलाउने प्रस्ताव आयो। यो जिम्मेवारी पनि सहजै पूरा गरे। हुन त त्यस समय फिफाको कोर्स गरेका रेफ्री पर्याप्त थिएनन्। घरेलु प्रतियोगितामा हुने चापका कारण रेफ्रीको माग उच्च थियो। त्यही कारणले उनी यो क्षेत्रमा जम्न पाए। 

खेलाडीको रुपमा नचम्किएका उनी रेफ्रीको भूमिकामा चम्किएपछि हौसाला मिल्दै गयो। त्यसपछि भने उनले आफूलाई काठमाडौंका फुटबल प्रतियोगितामा राम्रैसँग परिचित गराए।  

सन् २००८ मा उनीमाथि जिम्मेवारी पनि थपियो। लवले फिफा रेफ्रीको परिचय बनाए। काठमाडौंमा मात्रै सिमित लव अब राजधानीबाहिर पनि पुग्ने थाले। 

उनले फिफाको ब्याच पाएपछि पहिलो पटक ‘आहा रारा गोल्डकप’को उद्घाटन खेलमा सिट्ठी फुक्ने मौका पाए। त्यसपछि लगातार ८/१० पटक यो प्रतियोगिता खेलाए।

त्यसपछि उनले मोफसलका विभिन्न प्रतियोगितासँगै आइएफए क्लब फुटबल प्रतियोगिता, किङस क्लब फुटबल प्रतियोगिता, साउथ एसिएन गेम, साफ गेम यु– १९ लगायत दर्जनौं अन्तर्राष्ट्रिय खेलमा सिटी फुके। उनले सन् २००९ मा अन्तर्राष्ट्रियस्तरको प्रधानमन्त्री कप फुटबल प्रतियोगिता खेलाए। पाकिस्तान र श्रीलंकाबीचको खेल खेलाएका उनले त्यहाँ पनि उत्तिकै तारिफ पाए।

१८ वर्ष रेफ्रीको भूमिका निर्बाह गरेका लवले पाँचथरमा भएको गोल्डकपबाट मैदान नफर्कने गरी बिदा लिए। त्यो अन्तिम खेल उनले पुस २०७४ मा खेलाएका थिए। मैदानबाट बिदा लिनु उनकाे बाध्यता थियो। ‘फिटनेस’ र हेल्थ राम्रो हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनको म्याद थपेन। तर, उनी बल्ल ४६ वर्ष पुग्दै थिए। अब्बल रेफ्रीको रूपमा उनको परिचय यहीँ सकियो।

‘संयोग भनौं या भाग्य, फिफा रेफ्री भएपछि पोखरामा पहिलो उद्घाटन खेल खेलाए। अन्तिम खेल पाँचथरमा फाइनल खेलाए’, मिश्र भन्छन्, ‘रेफ्रीहरूको जीवनमा यस्तो संयोग कमै हुन्छ।’

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्