काठमाडौं–गोरखामा नेपाली कांग्रेसको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसहमतिमा चयन भएका छन्।
जिल्ला सचिव रहेका उनलाई आगामी कार्यकालका लागि सर्वसहमतिमा चयन गरिएको हो। न्यौपाने कांग्रेस नेता गगन थापा निकट जिल्ला नेता हुन्।
१४ औं महाधिवेशनका लागि जिल्ला सभापति उम्मेदवारीको घोषणा उनले दुई वर्ष अघि नै गरेका थिए।
उपसभापति, सचिव र सह सचिवका लागि मंगलबार निर्वाचन हुने भएको छ।
गोरखाका अधिकांश पालिकाका सभापति संस्थापनइतरबाट विजयी भएका छन्। न्यौपाने निर्वाचित भएसँगै संस्थापनइतरबाट विजयी हुने जिल्ला सभापतिको संख्या ५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।