काठमाडौं– १४औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारी दिने भनेर दाबी गर्दै आएका नेपाली कांग्रेका ३ नेताहरुले बैठकलाई निरन्तरता दिएका छन्।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंह बीच सोमबार पनि बैठक बसेको छ। उपसभापति निधि निवास मध्यबानेश्वरमा तीन नेताको बैठक बसिरहेको जनाइएको छ।
कांग्रेस राजनीतिमा 'विशेष पारिवारिक पृष्ठभूमि' भएका ३ नेता १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्। सभापतिको उम्मेदवारी दिने घोषणा गर्दै आएका ३ नेताबीच केही महिना अघिदेखि संवाद सुरु भएको थियो।
महाधिवेशनमा सहकार्य गरी अघि बढ्ने बताउँदै आएका ३ नेताबीच एकल उम्मेदवारीमा मतैक्यता हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।