काठमाडौं- २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने कांग्रेसको निर्णय कार्यान्वयन नहुने भएको छ।
सोमबारसम्म २१ हिमाली जिल्लाको अधिवेशन सक्ने नेपाली कांग्रेसले निर्णय गरेको थियो। त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिए।
'आज हुन नसकेका जिल्लामा अब दसैं पछि हुन्छ होला' पोखरेलले भने, 'निर्वाचन अधिकृत र जिल्ला कार्यसमितिको सल्लाहमा त्यस अघि पनि गर्नसक्छन्।'
६ हिमाली जिल्लाले नयाँ नेतृत्व चयन गरिसकेका छन्। हुम्ला, मुस्ताङ, मनाङ, पूर्वी रुकुम, सङ्खुवासभा र कालिकोटको अधिवेशन सकिएको छ।
हिमाली जिल्लामा ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा,रुकुम (पूर्व) र म्याग्दी छन्।
हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ। सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।