• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘नेताहरुले नै अफशोर संसारबाट लाभ लिइरहेका छन्’

64x64
जेरार्ड रायल आइतबार, असोज १७, २०७८  २२:३५
1140x725
जेरार्ड रायल, निर्देशक, आईसीआईजे

हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं।  यी ‘ल फर्म’ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफशोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन्।

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा स्रोतबाट पाएको हो। आईसीआईजेले गत १० वर्षदेखि यो विषय नियालिरहेको छ। स्रोतका बारे मलाई पहिलेदेखि थाहा भए पनि मैले जब उसलाई भेटें यो विषय अहिलेसम्म देखेको भन्दा निकै ठूलो लाग्यो।

आममानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन्। यी दस्तावेजले के देखाउँछन् भने, यहाँ एउटा छायाँ विश्व छ, एउटा छायाँ अर्थव्यवस्था चलिरहेको छ। यो छायाँ संसारबारे हामी सचेत छैनौं, जहाँ कपट र धोका छ। यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ।

हामीले केही वर्षअघि पनामा पेपर्स प्रकाशन गर्दा यो व्यवस्थालाई समाप्त पार्नै पर्छ भनेर विश्वभर आक्रोश देखिएको थियो। तर, अहिले हामी के देखिरहेका छौं भने जसले यो छायाँ व्यवस्थालाई समाप्त पार्न सक्छन्, उनीहरूले नै यसबाट लाभ लिइरहेका छन्।

यस्ता व्यक्तिहरूमा राष्ट्रपति, प्रधानमन्त्री, रक स्टारहरू छन्। पोर्न स्टार र आपराधिक व्यक्तिहरू समेत छन्। र, उनीहरूले आफ्नो अपराध लुकाउन अफशोर गोपनीयताको उपयोग गरिरहेका छन्।

यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं। त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ। यसमा जोर्डनका राजाको नाम जोडिएको छ।

उनीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन्। उनीहरूले घर, कार र अन्य महँगा सामग्री खरिद गरेका छन्। यसबाहेक हामीले केही विश्वका चर्चित व्यक्तिको विवरण भेटेका छौं, जसको नाम कागजातहरूमा उल्लेख छ।

यो व्यवस्था अन्त्यका लागि अन्तर्राष्ट्रिय अभियानको आवश्यकता छ। तर नेता, राजनीतिकर्मी र सरकारी अधिकारीहरू नै यो कपटपूर्ण कार्यमा लागेका छन्। त्यसैले यो चाँडै समाप्त होला जस्तो लाग्दैन। अब विश्वभरबाट जनताले यस्तो छायाँ व्यवस्थाको अन्त्यका लागि दबाब दिनैपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

आममानिसले अफशोर दुनियाँविरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ। जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन्, शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तिन्छन्। मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन।

सिंगापुरमा एउटा एसियासिटी नाम गरेको कम्पनी छ। यो विश्वकै ठूलो मध्येको अफशोर सेवा प्रदायक कम्पनी हो। अस्ट्रेलियाली नागरिक ग्रेम ब्रिग्सले सञ्‍चालन गरेको यो कम्पनीका ग्राहकमध्ये ठूला बैंक, अकाउन्टेन्सी फर्महरू छन्। त्यस्तै उनीहरूका ग्राहकमा विभिन्‍न मुलुकका खराब व्यवस्थासँग जोडिएका कुख्यात व्यक्तिहरू पनि छन्। एसियासिटीले गोप्यता चाहने व्यक्तिका लागि अफशोर कम्पनी खोलिदिन्छ। यसले खासगरी कुक आइल्याण्ड्स र समोआ जस्ता देशमा बढी विशेषज्ञता राख्छ। यी दुई विश्वकै सबैभन्दा गोप्य अफशोर क्षेत्राधिकार भएका देशमध्येका हुन्।

शेल कम्पनी (सामान्यतः कागजमा सीमित यस्ता कम्पनीको वास्तविक पहिचान, पुँजी र कर्मचारी हुँदैनन्। यी कम्पनीको मुख्य उद्देश्य वास्तविक मालिकको पहिचान लुकाउने, आफ्नो धन एवम् लगानीको जानकारी लुकाउने र कर छली गर्नु हुन्छ।) हरू अपराधको अफशोर संसारमा छिराउने अनिवार्य वाहक हुन्। हामी यहाँ केही लाख डलरको कुरा गरिरहेका छैनौं, कुरा खर्बौं डलरको हो। एउटा पारिस्थितिकीय प्रणाली बनेको देखिन्छ।

मलाई के लाग्छ भने, हामीले यो गोपनीयतालाई समाप्त गर्‍यौं भने पनि अन्तर्राष्ट्रिय रूपमा मुद्रा निर्मलीकरण (मनी लाउण्डरिङ) समाप्त पार्न धेरै लामो बाटो हिँड्नुपर्नेछ। समस्या के हो भने, प्रहरीले आफ्नो सीमाभित्र मात्र अपराधीलाई पक्रन सक्छ। सीमा पारि प्रहरी जान सक्दैन। यो नै अफशोर संसारका अपराधीहरूका लागि शक्ति हो। उनीहरूले अफशोर शेल कम्पनीका दुई वा तीन तहबाट कारोबार गरे भने कसैले पनि वास्तवमा के भइरहेको छ भन्ने थाहा पाउँदैन।

Xtrem

Xtrem

राजनीतिज्ञ र नेताहरूले यसलाई समाप्त पार्न सक्छन् तर, उनीहरू आफैंले शेल कम्पनीको प्रयोग गरिरहेकाले उनीहरूमा यसलाई रोक्ने इच्छाशक्ति नै छैन।

(अस्ट्रेलियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनले आईसीआईजेका निर्देशक रायलसँग गरेको कुराकानीको अंश)

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
जेरार्ड रायल
लेखकबाट थप
‘नेताहरुले नै अफशोर संसारबाट लाभ लिइरहेका छन्’
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्