• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘नेताहरुले नै अफशोर संसारबाट लाभ लिइरहेका छन्’

64x64
जेरार्ड रायल आइतबार, असोज १७, २०७८  २२:३५
1140x725
जेरार्ड रायल, निर्देशक, आईसीआईजे

हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं।  यी ‘ल फर्म’ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफशोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन्।

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा स्रोतबाट पाएको हो। आईसीआईजेले गत १० वर्षदेखि यो विषय नियालिरहेको छ। स्रोतका बारे मलाई पहिलेदेखि थाहा भए पनि मैले जब उसलाई भेटें यो विषय अहिलेसम्म देखेको भन्दा निकै ठूलो लाग्यो।

आममानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन्। यी दस्तावेजले के देखाउँछन् भने, यहाँ एउटा छायाँ विश्व छ, एउटा छायाँ अर्थव्यवस्था चलिरहेको छ। यो छायाँ संसारबारे हामी सचेत छैनौं, जहाँ कपट र धोका छ। यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ।

हामीले केही वर्षअघि पनामा पेपर्स प्रकाशन गर्दा यो व्यवस्थालाई समाप्त पार्नै पर्छ भनेर विश्वभर आक्रोश देखिएको थियो। तर, अहिले हामी के देखिरहेका छौं भने जसले यो छायाँ व्यवस्थालाई समाप्त पार्न सक्छन्, उनीहरूले नै यसबाट लाभ लिइरहेका छन्।

यस्ता व्यक्तिहरूमा राष्ट्रपति, प्रधानमन्त्री, रक स्टारहरू छन्। पोर्न स्टार र आपराधिक व्यक्तिहरू समेत छन्। र, उनीहरूले आफ्नो अपराध लुकाउन अफशोर गोपनीयताको उपयोग गरिरहेका छन्।

यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं। त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ। यसमा जोर्डनका राजाको नाम जोडिएको छ।

उनीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन्। उनीहरूले घर, कार र अन्य महँगा सामग्री खरिद गरेका छन्। यसबाहेक हामीले केही विश्वका चर्चित व्यक्तिको विवरण भेटेका छौं, जसको नाम कागजातहरूमा उल्लेख छ।

यो व्यवस्था अन्त्यका लागि अन्तर्राष्ट्रिय अभियानको आवश्यकता छ। तर नेता, राजनीतिकर्मी र सरकारी अधिकारीहरू नै यो कपटपूर्ण कार्यमा लागेका छन्। त्यसैले यो चाँडै समाप्त होला जस्तो लाग्दैन। अब विश्वभरबाट जनताले यस्तो छायाँ व्यवस्थाको अन्त्यका लागि दबाब दिनैपर्छ।

Ncell 2
Ncell 2

आममानिसले अफशोर दुनियाँविरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ। जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन्, शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तिन्छन्। मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन।

सिंगापुरमा एउटा एसियासिटी नाम गरेको कम्पनी छ। यो विश्वकै ठूलो मध्येको अफशोर सेवा प्रदायक कम्पनी हो। अस्ट्रेलियाली नागरिक ग्रेम ब्रिग्सले सञ्‍चालन गरेको यो कम्पनीका ग्राहकमध्ये ठूला बैंक, अकाउन्टेन्सी फर्महरू छन्। त्यस्तै उनीहरूका ग्राहकमा विभिन्‍न मुलुकका खराब व्यवस्थासँग जोडिएका कुख्यात व्यक्तिहरू पनि छन्। एसियासिटीले गोप्यता चाहने व्यक्तिका लागि अफशोर कम्पनी खोलिदिन्छ। यसले खासगरी कुक आइल्याण्ड्स र समोआ जस्ता देशमा बढी विशेषज्ञता राख्छ। यी दुई विश्वकै सबैभन्दा गोप्य अफशोर क्षेत्राधिकार भएका देशमध्येका हुन्।

शेल कम्पनी (सामान्यतः कागजमा सीमित यस्ता कम्पनीको वास्तविक पहिचान, पुँजी र कर्मचारी हुँदैनन्। यी कम्पनीको मुख्य उद्देश्य वास्तविक मालिकको पहिचान लुकाउने, आफ्नो धन एवम् लगानीको जानकारी लुकाउने र कर छली गर्नु हुन्छ।) हरू अपराधको अफशोर संसारमा छिराउने अनिवार्य वाहक हुन्। हामी यहाँ केही लाख डलरको कुरा गरिरहेका छैनौं, कुरा खर्बौं डलरको हो। एउटा पारिस्थितिकीय प्रणाली बनेको देखिन्छ।

मलाई के लाग्छ भने, हामीले यो गोपनीयतालाई समाप्त गर्‍यौं भने पनि अन्तर्राष्ट्रिय रूपमा मुद्रा निर्मलीकरण (मनी लाउण्डरिङ) समाप्त पार्न धेरै लामो बाटो हिँड्नुपर्नेछ। समस्या के हो भने, प्रहरीले आफ्नो सीमाभित्र मात्र अपराधीलाई पक्रन सक्छ। सीमा पारि प्रहरी जान सक्दैन। यो नै अफशोर संसारका अपराधीहरूका लागि शक्ति हो। उनीहरूले अफशोर शेल कम्पनीका दुई वा तीन तहबाट कारोबार गरे भने कसैले पनि वास्तवमा के भइरहेको छ भन्ने थाहा पाउँदैन।

राजनीतिज्ञ र नेताहरूले यसलाई समाप्त पार्न सक्छन् तर, उनीहरू आफैंले शेल कम्पनीको प्रयोग गरिरहेकाले उनीहरूमा यसलाई रोक्ने इच्छाशक्ति नै छैन।

(अस्ट्रेलियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनले आईसीआईजेका निर्देशक रायलसँग गरेको कुराकानीको अंश)

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
जेरार्ड रायल
लेखकबाट थप
‘नेताहरुले नै अफशोर संसारबाट लाभ लिइरहेका छन्’
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्