काठमाडौं- प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिक उत्सव मनाएको छ।
प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो। त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबैग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ।
रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातमाझैँ आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ।
प्रिज्मासन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित एजेन्सी हो।
प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’समेत जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।